काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जना र २ हजार ४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । सोमबारको तथ्यांकपछि नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ । जसमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भइसकेका छन् भने १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८९०, मोरङ र ललितपुरमा २५२÷२५२ जना, धादिङमा २२०, कैलालीमा १९५, झापामा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुनसरीमा १६४, मकवानपुरमा १४१, कास्कीमा १२९, चितवनमा १२६, रूपन्देहीमा १२०, धनुषामा ११७ र काभ्रेपलाञ्चोकमा ११३ जना कोरोना संक्रमित थपिएका छन् । सिन्धुपाल्चोकमा ९४, दाङमा ७५, दार्चुलामा ७४, नुवाकोटमा ६२, कञ्चनपुरमा ५४, गोरखामा ५३, अछाममा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सप्तरीमा ४७, सल्यानमा ४५,पाल्पामा ४१, सर्लाहीमा ४०,महोत्तरीमा ३४, तनहुँमा ३२, बारामा २९, खोटाङ, नवलपरासी पूर्वमा २७/२७ जना, तेह्रथुममा २६, सुर्खेतमा २५ जनामा संक्रमण देखिएको छ । पर्वतमा २०,दोलखा र लमजुङमा १/÷१९ जना, पर्सामा १८, धनकुटा र रौतटहमा १७/१७ जना, सिन्धुलीमा १६, ओखलढुंगा, रामेछाप र जुम्लामा १३÷१३ जना, रसुवा र बाँकेमा १२/१२ जना, सिरहा, नवलपरासी पश्चिम र डडेलधुरामा ११÷११ जना तथा म्याग्दीमा १० जना संक्रमित थपिएका छन् । यस्तै स्याङजामा ९, रोल्पामा ७, उदयपुरमा ८, इलाम, अर्घाखाँची, कपिलवस्तु र बर्दियामा ६/६ जना, गुल्मी, जाजरकोट र बैतडीमा ५/५ जना, भोजपुर र रूकुम पश्चिममा ४/४ जना, प्युठानमा ३, बागलुङमा २ तथा पाँचथर, सोलुखुम्बु र बाजुरामा १/१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै १० वर्ष मुनिका ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
भारतमा पनि घट्दै संक्रमण
भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४६० कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ६५ हजार ५५३ संक्रमित थपिएका छन् । हालसम्म भारतमा ३ लाख २५ हजार ९७२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ७८ लाख ९४ हजार ८०० जना भारतमा कोरोना संक्रमित भइसकेका छन् ।

