काठमाडौँ – सोमबार बढेको सुनको मूल्य आज पनि बढेको छ। हप्ताको पहिलो दिन घटेर सोमबार बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार ५ सय कायम भएको छ।
आज तेजाबी सुनको मूल्य पनि आज ३ सय रुपैंयाँले नै बढेको छ। सोमबार ९३ हजार ७ सय रुपैंयाँमा कारोबार भएको तेजाबी सुन आज ९४ हजारमा करोबार भैरहेको छ।
आज सुन पुस महिना यताकै महँगो
आज कायम भएको सुनको मूल्य पुस महिना यताकै महँगो रहेको छ। आज कायम भएको सुनको मूल्य पुस २४ गते अर्थात १ सय ४४ दिन यताकै महँगो रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य
सुन मात्र नभई आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले बढेर १३ सय ७० कायम भएको छ।

