रेशम चौधरी छाड्न तयार भयो सरकार !

काठमाडौँ – सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सरकार र थारु कल्याणकारी सभा,थरुहट/थारुवान संघर्ष समितिबीच भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो ।

सरकार र संयुक्त संघर्ष समितिबीच सहमति भएसँगै रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ। साथै थरुहट/थरुवान आन्दोलनका क्रममा सहिद भएका परिवारलाई राहत उपलब्ध गराउने, शहिद परिवारको उचित व्यवस्थापन गर्ने र घाइतेको उपचार गर्ने लगायतका सहमति पनि सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच भएको छ।

मंगलबारको वार्ताका क्रममा थारु बाहुल्य क्षेत्रमा थारु शिक्षाको व्यवस्था गर्ने, कमैया, कमलरी संघर्ष समितिले विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्नेलगायतका सहमति पनि भएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरी तथा संयुक्त संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीले हस्ताक्षर गरेका छन्।

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७८१५:०६

उज्ज्वल थापाको के छ अवस्था ? यस्तो छ पछिल्लो अपडेट !