काठमाडौँ – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेका थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको विवेकशील साझा पार्टीले जनाएका छन्।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेका अनुसार थापाको भेन्टिलेटरमा उपचार भैरहेको छ। थापालाई भेन्टिलेटरबाट निकालिएको खबरमा सत्यता नरहेको उनले जनाए।
कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि उनलाई मेडिसिटीमा लगिएको थियो । थापा कोरोना भाइरस संक्रमणमुक्त भैसकेपनि उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन।

