काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेका नेता गोकर्ण विष्टले विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन प्रति दुख व्यक्त गरेका छन्। विष्टले थापाको निधनमा सामाजिक संजाल फेसबुक मार्फत दुख व्यक्त गरेका हुन्।
फरक सोँच तथा अभ्यासमार्फत छोटो समयमै नेपाली राजनीतिमा प्रभाव छोड्न सफल युवा नेता देशले गुमाएको र आफूले पनि एक मित्र गुमाएको विष्टले फेसबुकमा उल्लेख गरेका छन्।
विष्टले फेसबुकमा लेखेका छन्,”फरक सोंच र अभ्यासमार्फत छोटो समयमै नेपाली राजनीतिमा प्रभाव छोड्न सफल विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष एवं मेरा मित्र उज्ज्वल थापाको अकल्पनीय निधनले म अत्यन्त दुखित छु । देशले संभावना बोकेका एक असल युवा नेतालाई अल्पायुमै गुमाउनु परेको छ । यो दु:खद क्षणमा दिवंगत उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त सबैमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”

