भारतको नेसनल क्रस घोषित रश्मिकालाई अर्को सफलता !

मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दान २०२० कि ‘मोस्ट डिजाइरेबल महिला’ घोषित भएकी छन् । यो उपाधि उनलाई बैंगलोर टाइम्सले दिएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

गतवर्ष पनि बैंगलोर टाइम्सले अभिनेत्री रश्मिकालाई नै यो उपाधि दिएको थियो । गुगलबाट ‘नेसनल क्रस’ को उपाधि पाएकी उनी कन्नड चलचित्र ‘किरिक पार्टी’ बाट २०१६ मा डेब्यु गरेकी हुन् । छोटो समयमै तमिल चलचित्रमा प्रभाव जमाउन सफल रश्मिकाले तेलुगुका सबै चर्चित हिरोसँग काम गरिसकेकी छन् ।

अभिनेत्री रश्मिकामा इन्स्टामा मात्र १ करोड भन्दा बढी प्रशंसक छन् । तमिलमा भने उनले ‘सुल्तान’ मार्फत यसै वर्ष डेब्यु गरेकी हुन् । यसै वर्ष सार्वजनिक भएको यो चलचित्रले औसत व्यापार गर्न सकेको थियो । उनी अहिले अभिनेता अल्लु अर्जुनसँग काम गरेको चलचित्र ‘पुष्पा’ को पर्खाइमा छन् ।

यसै वर्ष उनले ‘मिसन मज्नु’ मार्फत बलिउड डेब्यु गर्दै छन् । यस्तै उनले अभिनेता अमिताभ बच्चनसँग ‘गुडबाई’ मा पनि काम गर्नेछिन् । ‘पुष्पा’ भने ‘केजिएफ’ झैं दुई भाग एक साथ बनिरहेको छ । यसको पहिलो भाग यसै वर्षको अगस्टमा रिलिज हुँदैछ भने दोस्रो भाग २०२२ मा रिलिज गर्ने तयारीमा निर्माण पक्ष लागेको छ ।

प्रकाशित : बुधबार, जेठ १९, २०७८०९:०८

जसपामा यादव–ठाकुर टकराव, एक-अर्कालाई पार्टीबाट निकाले !