बार्सिलोनामा मेस्सीको भविष्य बारे नयाँ खुलासा, फुटवलवृत्तमा तरंग !

एजेन्सी – अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी बार्सिलोनामै रहने पक्का भएको छ। विभिन्न स्पेनिस संचार माध्यमहरुका अनुसार मेस्सी बार्सिलोनामै रहने पक्का भएको हो।

मेस्सी र बार्सिलोना बीच सम्झौता थप्ने विषयमा मौखिक सहमाति भैसकेको स्पेनिस मिडियाहरुले जनाएका छन्। उनीहरुका अनुसार मेस्सी र बार्सिलोना बीच लिखित सम्झौता हुन मात्र बाँकि छ।

मेस्सी र क्लब बीच भएको सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताइएको छ। स्पेनिस मिडिया मार्काका अनुसार मेस्सी र क्लबबीच दुई वर्ष सम्झौता थप गर्ने सहमति भएको छ।

गत सिजन मेस्सी क्याम्प नोउ छाड्ने मनस्थितमा पुगेका थिए। त्यसको पछाडी बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउसँग रहेको असन्तुष्टि मूख्य कारण थियो।

क्लबमा नयाँ अध्यक्षमा जोआन लापोर्टा नियुक्त भएपछि मेस्सी थप सकारात्मक बनेको खबरहरु आएका थिए। पछिल्लो समय लापोर्टाले मेस्सीलाई क्लबमा अड्याउन विभिन्न प्रयासहरु गरिरहेका छन्।

केहि दिन अगाडी मात्रै बार्सिलोनाले म्यानचेस्टर सिटीका पूर्व फरवार्ड सर्जियो अगुएरोलाई क्लबमा भित्र्याएको थियो। अगुएरोले त्यसबेला मेस्सी बार्सिलोनामै रहने विश्वास व्यक्त गरेका थिए।

घरेलु मात्र नभई युरोपेली प्रतियोगितामा समेत बार्सिलोना कम्जोर सावित भएपछि मेस्सीले क्लब छाड्ने विचार गरेको बताइन्छ। तर, क्लबका नयाँ अध्यक्षले क्लबमा व्यापक परिवर्तनको संकेत दिसकेका छन्।

प्रकाशित : बुधबार, जेठ १९, २०७८१४:१३

सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन् !