पहिलो फोटोशुटमा यस्तो देखिएकी थिइन् मनिषा, आफैंले गरिन् सार्वजनिक ! [तस्विर सहित]

‘१९४२ -अ  लव स्टोरी’, ‘बम्बे’ र ‘दिल’ जस्ता फिल्मबाट चर्चामा आएकी ९० को दशकको सफल अभिनेत्री मनीषा कोइरालाको फिल्मी करियर करिब २९ वर्षसम्म रह्यो। रणबीर कपूरसँग  फिल्म सन्जु ‘ मा संजय दत्तको आमा नरगिसको भूमिका निभाउने अभिनेत्री मनीषा अहिले फिल्ममा खासै सक्रिय छैनन् ।

मनीषा कोइराला आफ्नो पहिलो फिल्म ‘सौदागर’ मा दिलीप कुमार र राजकुमार जस्ता चर्चित अभिनेतासँग काम गरिसकेकी थिइन् । मनिषाले हिन्दी बाहेक तेलुगू, नेपाली, तमिल फिल्ममा पनि काम गरिसकेकी छन्।  अभिनेत्री मनिषा मनीषा कोइराला सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छिन्।

मनीषा कोइरालाको सुन्दरताले अहिले पनि दर्शक घायल हुन्छन् । हालै उनले एक पूरानो तस्विर सार्वजनिक गरेकी छन् ।  तस्विरको क्याप्शनमा उनले, ‘थ्रोब्याक मेरो पहिलो फोटोशुट ।’ लेखेकी छन्। उनको फोटोमा थुप्रै सेलिब्रिटीले पनि  कमेन्ट गरेका छन्। उनको फोटो देखेर फ्यान मात्र नभई बलिउड स्टार पनि फिदा भएका छन्।  उनको फोटोमा  श्रुति हसन, दिया मिर्जा, तब्बू र आयुष्मान खुराना सहित थुप्रै स्टारले कमेन्ट गरेका छन्।

मनीषाले  क्रिमिनल, बम्बे , अनोखा अन्दाज, गुड्डू, राम शास्त्र, अकेले हम अकेले तुम, दुश्मन: ए भायलेन्ट लभ स्टोरी, मन, सनम, खामोशी, गुप्त, कच्चे धागे, तुलसी, सन्जु , प्रस्थानम जस्ता थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी छन्। १९९६ मा उनलाई तमिल फिल्म बम्बेको लागि ‘बेस्ट एक्ट्रेस’ को अवार्ड मिलेको थियो। मनिषाले २०१० सालमा नेपाली उद्योगपति सम्राट दाहालसँग गरेकी  थिइन्। प्रेम विवाह गरेपनि उनको बिहे २ वर्षमात्र टिकेको थियो।

प्रकाशित : बुधबार, जेठ १९, २०७८२१:०१

म्यागजिनको लागि रिहाना आफैले गरिन यति बो-ल्ड फोटोशुट, तातियो बजार!