सुनको मूल्य बढ्नेक्रम रोकिएन, सुन लगभग ५ महिना यताकै महँगो !

काठमाडौँ – दुई दिन एकै मूल्यमा कारोबार भएको सुनको मूल्य आज बढेको छ। मंगलबार र बुधबार दुई दिन एकै मूल्यमा कारोबार भएको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य ४ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार ९ सय कायम भएको छ।

तेजाबी सुनको मूल्य पनि आज ४ सय रुपैंयाँले नै बढेको छ। बुधबार ९४ हजार रुपैंयाँमा कारोबार भएको तेजाबी सुन आज ९४ हजार ४ सय रुपैंयाँमा करोबार भैरहेको छ।

आज सुन पुस महिना यताकै महँगो

नयाँ वर्ष लागेदेखि नै सुनको मूल्य लगातार बढिरहेको छ। २०७७ सालको अन्तिम महिनाहरुमा सुन केहि सस्तो भएपनि २०७८ साल लागेपछि महँगो भइरहेको छ।

आज कायम भएको सुनको मूल्य पुस महिना यताकै महँगो रहेको छ। आज कायम भएको सुनको मूल्य पुस २४ गते अर्थात १ सय ४६ दिन यताकै महँगो रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य

सुन मात्र नभई आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १५ ले बढेर १३ सय ७५ कायम भएको छ।

प्रकाशित : बिहिबार, जेठ २०, २०७८११:१०

ह्वात्तै घट्यो कुखुराको मूल्य, कुखुरा बिक्ने छाडे !