आज चाइनेज ताइपेइको सामना गर्दै नेपाल, जित दोहोर्याउने विश्वास !

काठमाडौँ – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले आज कुवेतमा हुने खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको ९:४५ बजे हुनेछ ।

विश्वकप छनोटको आगामी चरणमा पुग्ने सम्भावना व्यवहारिक रुपमा असम्भव जस्तै देखिएपनि गणितीय रुपमा भने पनि केहि सम्भावना जिवितै छ। आज हुने खेलमा नेपाल जितको खोजिमा हुनेछ।

नेपालले २१ महिना अघि चाइनेज ताइपेइलाई उसकै मैदानमा गएर २–० ले हराएको थियो। तर त्यस भन्दा अगाडी नेपालले चाइनेज ताइपेइसँग खेलेका चारै खेल हारेको तथ्यांक छ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ताइपेइविरुद्धको खेल कठिन हुने भएपनि जित्ने आधार रहेको बताउँछन्। उनका अनुसार इराकविरुद्ध खेलमा हार बेहोरेपनि टिममा धेरै सकारात्मक पक्ष देखा परेको छ।

नेपाल समूह चरणमा ३ अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ । नेपाल भन्दा पछि रहेको चाइनिज ताइपेले अंक जोड्न सकेको छैन ।

नेपालले आफ्नो समूहमा चौथो स्थान हासिल गर्दै अन्य समूहमा रहेको चौथो टोलीको तुलना गर्दा शीर्ष ४ स्थानमा पर्न सके सिधै एसिया कप छनोटको तेस्रो चरण खेल्न पाउँछ । यदि पुछार वा चौथो स्थानमा रहेर पनि अन्यको समूहको चौथो स्थानको तुलनामा शीर्ष ४ मा नपरे नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रकाशित : बिहिबार, जेठ २०, २०७८११:३२

यस्तो हुन सक्छ चाइनिज ताइपेइ विरुद्ध नेपालको सम्भावित ११ !