एजेन्सी – बुद्धि, व्यवसाय, व्यवस्थापन, र संचार आदिको कारक ग्रह बुधले बिहिबार एकाबिहानी चाल परिवर्तन गरेको छ। बुधले बिहान १ बजेर ४९ मिनेटमा चाल परिवर्तन गरेर मिथुन राशिबाट वृष राशिमा प्रवेश गरेको हो।
बुधको वक्रीले सम्पूर्ण राशिलाई अलग-अलग प्रभाव पार्नेछ। ग्रहचक्रमा बुधको राशि परिवर्तनले कुन राशिलाई कस्तो प्रभाव पार्ला ? हेर्नुहोस्
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
द्वितीय भावमा बुधको वक्रीले मेष राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तन गराउनेछ। राहुको दुष्प्रभावमा कमि आउँदा विभिन्न समस्या देखि छुटकारा मिल्नेछ। आकस्मिक धन प्राप्तिको योग देखिन्छ। धेरै समय देखि अड्किएको धन फिर्ता मिल्न सक्ला। यधपी पारीवारमा पनि कलहको माहोल हुन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बुधको वक्रीसँग वृष राशि हुनेहरुको मान सम्मान बढ्नेछ। स्वास्थ्य सम्बन्धि समस्या देखि छुटकारा मिल्नेछन्। पराक्रम समेत बढ्डा शत्रु सहजै पराजित हुनेछन्। सरकारी क्षेत्रबाट रहेका वाधा अड्चन देखि छुटकारा मिल्दा रोकिएका कार्य पुनः शुरु हुनेछन्। पदोन्नतीको पनि योग देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
राशिको हानिभाव बुध र राहु एक साथ हुँदा मिथुन राशि हुनेहरुको जीवनमा विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुनेछन्। आर्थिक समस्या बढ्ने मात्र नभई स्वास्थ्यले पनि साथ दिने देखिँदैन। लाभ दिरहेका क्षेत्र बन्द हुन सक्ने हुँदा सतर्क रहनु होला। अत्यधिक भागदौड बढेपनि आशा गरेजस्तो लाभ नमिल्ने देखिन्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बुधको वृष राशिमा फिर्ति कर्कट राशि हुनेहरुका लागि मिश्रित रहने देखिन्छ। समय र परिश्रम लागेपनि महत्वपूर्ण कार्य सप्मन्न हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। शत्रु परास्त हुनेछन् भने कानुनी रुपमा रहेका समस्या देखि पनि छुटकारा मिल्नेछ। प्रेम जीवनमा अपनी बुधको सकारात्मक प्रभाव रहन सक्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बुधको राशि परिवर्तनले सिंह राशि हुनेहरुमा उग्रता ल्याउन सक्छ। साना-सानामा रिस उठ्दा बन्न लागेका कार्य समेत बिग्रिन सक्लान्। उच्च अधिकारीहरु संग मतभेद उत्पन्न हुन सक्ने हुँदा बोलि तथा व्यवहारमा नियन्त्रण राख्नु होला। सके सम्म यात्रा नगरेकै राम्रो हुने देखिन्छ। विद्यार्थीहरुका लागि भने बुधले शुभ फल दिनेछ।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
राशिको भाग्य भावमा बुधको वक्री हुँदा कन्या राशि हुनेहरुलाई व्यापार तथा व्यवसायमा आशा गरेजस्तै लाभ मिल्नेछ। धेरै समय देखि घाटामा गइरहेको कार्यले पनि प्रतिफल दिने सम्भावना छ। त्यस्तै परिवारमा शुभ कार्यको आयोजना हुन सक्ने समेत देखिन्छ। साहस र पराक्रम बढेर जाँदा महत्वपूर्ण कार्य पनि सहजै सम्पन्न हुनेछन् ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अष्टम भावमा बुधको राशि परिवर्तनले तुक राशि हुनेहरुलाई मिश्रित परिणाम दिनेछ। कार्यस्थलमा षडयन्त्रको शिकार हुनबाट जोगिन हदै सम्मको सतर्कता अपनाउनु होला। सके सम्म यात्रा पनि नगरेकै राम्रो हुने देखिन्छ। स्वास्थ्यलाई लिएर पनि चिन्ता बढ्न सक्ला। पाचन सम्बन्धि समस्याले सताउन सक्ने देखिन्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
सप्तम भावमा बुधको राशि परिवर्तनले वृश्चिक राशि हुनेहरुलाई विभिन्न तवरले लाभ दिलाउनेछ। ढिलै भएपनि व्यापार ततहा व्यवसायमा सोचे जस्तै लाभ मिल्नेछ। आकस्मिक धन प्राप्तिको योग देखिन्छ। यधपी प्रेमको मामलामा भने बुधको वक्री वृश्चिक राशि हुनेहरुका लागि दुखको कारण बन्ने।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
बुधको वक्रीले धनु राशि हुनेहरुलाई शुभ परिणाम दिलाउनेछ। व्यापार र रोजगारीमा सफलता मिल्नुका साथै हरेक कार्य सफल हुनेछन्। परिश्रमको फल प्राप्त हुँदा मन प्रफुल्लित रहनेछ। दाम्पत्य जीवनमा भने बुधका कारण नकारात्मक असर पर्न सक्ला। कलाकार तथा खेलाडीहरुका लागि पनि समयले साथ दिने देखिन्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मकर राशिको पाँचौं स्थानमा बुधको वक्री हुँदा विभिन्न प्रकारका लाभ मिल्ने देखिन्छ। आर्थिक पक्ष बलियो हुने मात्र नभई केहि बहुमूल्य वस्ती किन्ने मौका पनि मिलन सक्ला। आर्थिक रुपमा पनि समय सोचेजस्तै रहन सक्ला। विद्यार्थीहरुका लागि पनि बुधको वक्री धेरै लाभदयाक सावित हुन सक्ने देखिन्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बुधको उल्टो चाल कुम्भ राशि हुनेहरुका लागि खासै लाभपरद नहुने देखिन्छ। अप्रिय समाचार सुन्नुपर्ने अवस्था रहन सक्ला। पारिवारिक कलहका कारण मानसिक अशान्तिको सामना पनि हुन सक्ला। सामान्य दुर्घटना समेत हुन सक्ने हुँदा सत्रक रहनु होला। प्रेम जीवनमा पनि समस्या पैदा नहोला भन्न सकिँदैन।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
बुधको वक्रीले मीन राशि हुनेहरुको पराक्रम बढाउनेछ । कठिन परिस्थितिबाट छुटकारा पाउन परिवार मात्र नभई आफन्तजनको पनि साथ मिल्नेछ। दाम्पत्य जीवनमा प्रेम बढ्नेछ भने शत्रु पनि मित्रमा परिणत हुनेछन्। आर्थिक लाभको सम्भावना छ। व्यवसाय बिस्तार गर्ने मौका पनि मिल्न सक्ला।