भोलि जेठ २२ गते शनिबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन अनुकूल रहला। स्वस्थ तन-मनले सबै कार्य गर्न सक्नुहुनेछ। परिणाम स्वरूप तपाईमा ऊर्जा एवम् उत्साह छल्किनेछ। पारिवारिक सदस्यसँग आनन्दमय समय बिताउनुहुनेछ। आमाबाट लाभ मिल्नेछ। मित्र एवम् आफन्तसँग भेट हुँदा खुशी रहनुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिन सावधानीपूर्वक बिताउनुहोला। तपाईको  मन अनेक प्रकारको चिन्ताले ग्रस्त रहनेछ। स्वास्थ बिग्रन सक्ला एवम आँखामा पीडा होला। आत्मजन एवम् परिवारसँग विरोध होला। प्रारम्भ गरिएको सबै कार्य अपूर्ण रहनेछ। अनावश्यक खर्च हुन सक्ला।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन निकै लाभदायक छ। अविवाहित व्यक्तिले योग्य जीवनसाथी पाउछन्। धन प्राप्तिको लागि शुभ दिन छ। मित्र एवम् आफन्तसँग भेट हुँदा आनन्द अनुभव होला। श्रीमती एवम छोराबाट लाभ मिल्न सक्छ। उत्तम भोजन सुख प्राप्त होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाई धार्मिक कार्य, पूजा- पाठ आदिमा व्यस्त रहनुहुनेछ। धार्मिक स्थानमा जाँदा आनन्द प्राप्त हुन सक्छ। परिवारसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ। स्वास्थ्य स्वस्थ रहला। आकस्मिक धनलाभ हुन सक्छ। तपाईको भाग्य परिवर्तन हुने योग छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईले विपरित संयोगलाई प्रतिकार गर्नु पर्नेछ। स्वास्थ्य प्रति ध्यान दिनुहोला। स्वास्थ्य बिग्रनाले आकस्मिक खर्च हुने प्रसंग आउन सक्छ।  परिवारसँग ध्यानपूर्वक व्यवहार गर्नुहोला। अनैतिक कार्यबाट टाढा रहनुहोला। ईश्वर-स्मरण तथा आध्यात्मिकताले शान्ति प्रदान गर्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सामाजिक तथा अन्य क्षेत्रमा प्रसिद्दि वा सम्मान प्राप्त होला। सुन्दर कपडा खरिद गर्नुहुनेछ। आफन्तसँग सम्बन्ध राम्रो रहनेछ। श्रीमान-श्रीमतीबीच झगडा भएको छ भने घनिष्टता बढ्नेछ । सवारी साधन सुख प्राप्त गर्नुहुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

घरमा सुख-शान्तिको वातावरण बनिरहनाले प्रसन्नता वृद्दि हुनेछ। कार्यालयमा सहकर्मीको सहयोगले काम गर्न सक्नुहुनेछ। काममा प्रसिद्दि मिल्नेछ। आमा-बुबाको तर्फबाट समाचार प्राप्त होला। प्रतिस्पर्धिले  विजय प्राप्त गर्नेछन्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको दिन मध्यम फलदायी छ। विधार्थीलाई अभ्यासमा  सफलता मिल्न सक्छ। नयाँ कामको सुरुवात सकेसम्म नगर्नुहोला। आर्थिक आयोजनको लागि अनुकूल दिन हुनाले परिश्रम फलदायी प्रमाणित हुनेछ। तर पनि शेयरको कारोबारबाट टाढा नै रहनु उत्तम होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको मनमा उदासीनता छाईरहनेछ। शरीरमा उर्जा तथा मनमा  प्रफुल्लित अभाव रहनेछ। परिवारसँग तनावको प्रसंग बन्नाले घरको वातावरण कलुषित रहनेछ। धनहानि हुने योग छ। जमीन तथा सवारीको कागजात सावधानीपूर्वक  बनाउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको दिन नयाँ काम सुरु गर्नको लागि शुभ छ। रोजगार , व्यापार तथा दैनिक काममा अनुकूल परिस्थिति रहनाले मनमा प्रसन्नता बनिरहनेछ। आर्थिक लाभको योग छ। विद्यार्थीले आफ्नो अभ्यास सरलतापूर्वक गर्न सक्छन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कसैसँग  अधिक विवाद नगर्नुहोला। धार्मिक कार्यमा खर्च हुन सक्छ। पारिवारिक वातावरण बिग्रन सक्ला। कार्य असफलताले मनमा असन्तोष तथा निराशा उत्पन्न गर्नेछ। त्यसैले स्वास्थ्य प्रति ध्यान दिनुहोला। निर्णयशक्तिको अभाव होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन शुभ फलदायी छ।  उत्साह तथा स्वस्थता बनिरहनेछ। नयाँ काम सुरु गर्नको लागि शुभ दिन छ। परिवारको सदस्यसँग तथा मित्रसँग  भोजन गर्ने अवसर प्राप्त हुनेछ। धनलाभ होला। अधिक खर्च नहोस् यस कुराको ध्यान राख्नुहोला। धार्मिक कार्य तथा यात्रा हुने योग छ।

प्रकाशित : शुक्रबार, जेठ २१, २०७८२०:२८

आज जेठ २२ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !