इन्स्टाग्राममा पलकको धमाकेदार कमब्याक, हेनुहोस् तस्विर सहित !

अभिनेत्री श्वेता तिवारीको छोरी पलक तिवारी आफ्नो आमाभन्दा अलि धेरै  हट छिन्। केहि दिन पहिले पलकले आफ्नो इन्स्टाग्राम अकाउन्ट डिलीट गरेकी थिइन्। अब पलक इन्स्टाग्राममा फेरि फर्किएकी छन्। साथै पलकले आफ्नो केहि हट फोटो पनि सार्वजनिक गरेकी छन्।

फोटोमा पलक ब्राउन ड्रेसमा देखिएकी छिन्। साथै हल्का मेकअप र खुल्ला कपालले पलकले आफ्नो लुकलाई पूरा गरेकी छन्। यस लुकमा पलक निकै बोल्ड देखिएकी छन्। पलकको फोटो देखेर फ्यानहरु घायल भएका छन्।

पलकले केहि महिना पहिला इन्स्टाग्राम अकाउन्ट डिलीट गरेकी थिइन्। दर्शकले पलक तिवारीले अभिनव कोहली र श्वेता तिवारीको विवालाई लिएर अकाउन्ट डिलिट गरेको हुन सक्ने अनुमान लगाएका थिए। श्वेता अहिले केपटाउनमा शो ‘खतरो के खिलाडी ‘ को शूटिंग गरिरहेकी छन्। जबकि पलक आफ्नो भाइ रेयांशसँग मुम्बईमा छिन्।

कामको कुरा गर्ने हो भने पलक छिट्टै फिल्म ‘रोजी- द स्याफ्रन च्याप्टर’  बाट बलिउडमा डेब्यू गर्दै छिन्। यस फिल्ममा पलकसँग अरबाज खान र मल्लिका शेरावत पनि रहनेछन्। विशाल मिश्राले यस फिल्मको निर्देशन गरेका हुन् र विवेक ओबेराय, प्रेरणा वी अरोडाले  प्रड्यूस गरेका हुन्।

प्रकाशित : शनिबार, जेठ २२, २०७८१८:२५

‘पन्जाबकी कट्रिना’को यो लुकले सबैको ध्यान तान्यो ! [तस्विर सहित]