बिहेभन्दा पहिला नै गर्भवती भएकी थिइन यी अभिनेत्री, यसकारण टुट्यो सम्बन्ध!

बलिउडको चर्चित अभिनेत्री सारिकालाई नचिन्ने कमै होलान्। आफ्नो लामो फिल्मी यात्रामा उनले थुप्रै अभिनेतासँग काम गरिन् र सुपरहिट फिल्मको हिस्सा पनि रहिन्। सारिकाको अभिनयको फ्यान हुनुको साथसाथै उनको सुन्दरता र ग्ल्यामरस अन्दाजको पनि निकै चर्चा हुन्छ। सारिकाको करियर मात्र नभई आफ्नो व्यक्तिगत जीवन पनि फिल्मी कहानी भन्दा कम छैन। उनको व्यक्तिगत जीवनको बारेमा खबर हेडलाइन बनिरहन्छ। सारिकाले बालकलाकारको रुपमा करियर सुरु गरेकी थिइन्। सबैलाई सारिका र कमल हासनको सम्बन्धबारे थाहा नै छ। आज सारिका आफ्नो ६१ औँ जन्मदिन मनाउदै छिन्। यसै मौकामा हामी उनको व्यक्तिगत जीवनको किस्सा बताउछौ।

सारिकाले  फिल्म इन्डस्ट्रीमा पहिचान  बनाउने क्रममा साउथ सुपरस्टार कमल हासनसँग भेट भएको थियो। यसैबीच उनीहरु एकअर्कालाई प्रेम गर्न थाले। साथै  कमल हासन र उनको श्रीमती वाणिबीच डिभोर्सको प्रक्रिया सुरु भएको थियो। सारिका र कमल हासनको बिहे हुनुभन्दा पहिला नै उनीहरुको जेठी छोरी  श्रुति हासनको जन्म भएको थियो। त्यसपछि अक्षरा हासनको जन्म भयो। १९८८ मा कमल हासन र सारिकाले बिहे गरे र २००४ मा यी दुई अलग भए।

हालै अभिनेत्रीले एक अन्तर्वार्तामा आफ्नो आमाबुबाको डिभोर्समा खुशी भएको  र उनलाई यस निर्णयमा गर्व लागेको कुरा बताएकी थिइन् ।उनले भनेकी थिइन् ,” म आमाबुबाको निर्णयलाई लिएर निकै खुशी छु, किनकी यदि दुई व्यक्ति सँगै बस्न सकिरहेका छैनन् भने उनीहरुलाई जबर्जस्ती गर्न जरुरी छैन। म मेरो पितासँग धेरै नजिक छु र आमा पनि मेरो जीवनको महत्त्वपूर्ण हिस्सा  हुनुहुन्छ। म उहाँहरु अलग हुँदा खुशी थिए। दुवैजना छुट्टाछुट्टै तरिकाले उत्कृष्ट व्यक्ति हुनुहुन्छ । दुवैजना छुट्टिदा म सानै  थिए र साधारण थिए।”

सारिकाको फिल्मी करियरको कुरा गर्दा उनले बाल कलाकारको रुपमा सफलता पाएकी थिइन्। १९६७ सालमा रिलीज भएको सुपरहिट फिल्म ‘हमराज’ मा उनी अभिनेत्री विम्मीको छोरी बनेकी थिइन्। यसबाहेक उनले अंग्रेजी फिल्म ‘परजानिया’ को लागि बेस्ट एक्ट्रेसको नेशनल अवार्ड पाएकी थिइन्। अब छिट्टै उनी  अमिताभ बच्चनसँग ‘शूबाइट’  फिल्ममा काम गर्नेछिन्।

प्रकाशित : आइतबार, जेठ २३, २०७८१३:०७

साधारण युवतीबाट यसरी ‘हिट मेसिन ‘ बनिन् नेहा कक्कर !