तीतेपाती वाइन उत्पादन ! कति पर्ला मूल्य ?

काठमाडौँ – सकारो फरमेन्टेड वेभरेज प्रालिले तीतेपातीबाट वाइन बनाउने भएको छ । यसअघि सिस्नो मिश्रित मौलिक नेपाली वाइन ब्रान्ड नेसी उत्पादन गर्दै आएको सो कम्पनीले नयाँ उत्पादनमा तीतेपाती प्रयोग गर्न लागेको हो ।

‘यो वाइन उत्पादनका लागि ल्याब परीक्षणबाहेक अरू तयारी गरिसकेका छौं’ कम्पनीका सञ्चालकमध्ये एक महेश्वरलाल रंजितकारले बताए, ‘दुुई महिनाभित्र उत्पादन सुरु हुन्छ ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

नेपालमा पहिलोपटक उत्पादन हुन लागेको यो वाइनमा तीतेपानीबाहेक ल्वाङ, सुकमेल, दालचिनी, अलैँची, जाइफल, जाइपत्री आदि गरम मसलाको समेत प्रयोग हुने भएको छ । तीतोपातीको वाइन विश्वमै पलिहोपटक बन्ने रंजितकारको दाबी छ । ‘

पश्चिमा देशहरूले अंगुरबाट बनेका बाहेकलाई वाइन नै मान्दैनन् तर जुनसुकै फलफूलको बनाए पनि प्रक्रिया एउटै हुनेहुँदा हामीले नयाँ प्रयोग गर्न लागेका हौं’ उनले अगाडि बताए ।

तीतेपानीमा विभिन्न रोगसँग लड्ने तत्व पाइने र उत्पादन प्रक्रिया पनि फरक भएकाले रक्सीमा जस्तो वाइनमा स्वास्थ्यवद्र्धक तत्व नष्ट नहुने जानकारी उनले दिए । नेसीको यस उत्पादनको बजार मूल्य ७५० मिलिलिटरको लगभग रू. ४ सय रहने अनुमान छ ।

प्रकाशित : आइतबार, जेठ २३, २०७८०७:०७

विपक्षि गठवन्धनको एक स्वर – ‘ओलीले राज्य प्रणाली ध्वस्त पारे’