एमाले एकताका लागि ओलीले चालेको कदमले उत्साहित योगेश, ओलीको गरे प्रशंसा !

काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयको स्वागत गरेका छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेपछि सामाजिक संजाल मार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले ओलीको कदमको स्वागत गरेका हुन्।

भट्टराईले ओलीको कदमलाई सकारात्मक भनेका छन्। ओलीको पछिल्लो कदमले विवाद समाधानका लागि गठित कार्यदल स्तरको छलफललाई पुनः निरन्तरता दिन बाटो खोलेको उनको भनाई छ।

“नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ ।”,भट्टराईले फेसबुकमा लेखेका छन्।

सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त भने पनि भट्टराईले बताएका छन्। पार्टी भित्र रहेको विवाद समाधानका लागि शिर्ष नेताहरु बीच संवाद हुने उनको विश्वास छ।

भट्टराईले फेसबुकमा लेखेका छन्,”सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वकाबीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मदत पुग्ने अपेक्षा गर्दछु । हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरु हुन्छ”

प्रकाशित : आइतबार, जेठ २३, २०७८२२:४०

विश्वासको मत नपाउने त्रासमा भागेका मुख्यमन्त्री