काठमाडौँ – हप्ताको दोस्रो दिन आज सुनको मूल्य घटेको छ। हप्ताको पहिलो दिन आइतबार बढेको सुनको मूल्य आज सोमबार घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य ३ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ८ सय कायम भएको छ।
तेजाबी सुनको मूल्य पनि आज ३ सय रुपैंयाँले नै घटेको छ। आइतबार ७ सय रुपैंयाँले बढेको तेजाबी सुनको मूल्य ३ सय रुपैंयाँले घटेर ९३ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य रु ५ ले घटेर १३ सय ५० कायम भएको छ।

