मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएका मदनकृष्ण श्रेष्ठको के छ अवस्था ?

काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन्। केहि समय अगाडी मात्र कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठलाई पुनः अस्पताल भर्ना गरिएको हो।

श्रेष्ठको मुटुमा समस्या आएको पारिवारिक श्रोतले जनाएको छ। उनलाई शुक्रबार राति देखि छाती दुखेको थियो। ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई अस्पताल लागिएको परिवारका सदस्यहरुले बताएका छन्।

श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको छ। उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा. धर्मा यादवले जानकारी दिए। एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएका उनलाई डिलक्स रुममा सारिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधार आइरहेको अस्पतालले जनाएको छ।

यस अगाडी वैशाख ६ गते श्रेष्ठ सहित उनको पूरा परिवारलाई नै कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। संक्रमण पश्चात स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित : सोमबार, जेठ २४, २०७८२०:०९

लत बन्दै मोबाइल फोन, अभिभावकसँग टाढिँदै सन्तान !