काठमाडौँ – लगातार घटबढ भइरहेको सुनको मूल्य आज बढेको छ। हप्ताको पहिलो दिन आइतबार बढेर सोमबार घटेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार १ सय कायम भएको छ।
तेजाबी सुनको मूल्य पनि आज ३ सय रुपैंयाँले नै बढेको छ। सोमबार ३ सय रुपैंयाँले घटेको तेजाबी सुनको मूल्य ३ सय रुपैंयाँले बढेर ९३ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
यस अगाडी सुनको मूल्य आइतबार तोलामा ७ सय रुपैंयाँले बढेको थियो भने सोमबार ३ सय रुपैंयाँले बढेको थियो। आइतबार सुनको मूल्य आजकै बराबर थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य रु ५ ले घटेर १३ सय ५५ कायम भएको छ।

