काठमाडौँ – अहिले नेपालको मौसममा पश्चिमी /पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसम पूर्वानुमाना महाशाखाले जनाएको छ।महाशाखाका अनुसार देशका प्रदेश नं १ लगायत बाँकी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भइरहेको छ।
मंगलबार दिउँसो प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने महाशाखाको अनुमान छ। प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित पानी पर्न सक्ने सभावना रहेको छ।
त्यस्तै मंगलबार राती पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
आगामी तीन दिनको मौसम कस्तो रहला ?
२०७८ जेठ २५ गते (मंगलबार)
दिउँसो: प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को
सम्भावना रहेको छ।
२०७८ जेठ २६ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ २६ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

