माधव नेपालको ल्याङल्याङ धेरै भएको सूर्य थापाको निष्कर्ष, बरु कांग्रेससँग एकता गर्ने घोषणा !

काठमाडौँ – माधव कुमार नेपाल एमालेमै रहने सम्भावना क्षिण बन्दै गैरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपालसँग एकता हुन नसकने दावी गरेका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी एकताका लागि पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने निर्णय गरेपछि माधव नेपालले उक्त निर्णयलाई जालसाझीको रुपमा बुझेपछि थापाले ट्वीटर मार्फत यस्तो बताएका हुन्।

थापाका अनुसार माधव नेपालका शर्तहरु स्वीकार गरेर एकता हुने सम्भावना छैन। नेपाल गुटसँग भन्दा पनि देउवाको कांग्रेससँग एकता हुन सकने उनको भनाई छ।

“अब जेठ२काे रटानकाे अध्याय सकिएकाे छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन। यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला।”,थापाले ट्वीटरमा लेखेका छन्।

तेल निकाल्न बालुवा नभई तोरी पेल्नु पर्ने उल्लेख गर्दे थापाले माधव नेपालको ल्याङल्याङ धेरै भएको पनि ट्वीटरमा उल्लेख गरेका छन्। अध्यक्ष ओलीको एकता आह्वानलाई स्वीकारेर आउनेलाई गर्ने र नआउनेलाई छाड्ने नीति लिनुपर्ने थापाको बुझाई छ।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७८११:४७

साल्ट ट्रेडिङले अब विहान मात्रै २० प्रतिशत छुट दिने