आफूहरुको सरकार बन्नेमा ढुक्क प्रचण्ड !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दावी गरेका छन्। मंगलबार एक भर्चुअल बैठकलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले छिट्टै नयाँ सरकार गठन गर्न आफूहरु सफल हुने दावी गरेका हुन्।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा प्रचण्डले संसद विघटन फिर्ता हुनेमा आफूहरु ढुक्क रहेको सुनाए। अदालतले संविधान हेर्ने र संविधानतः संसद पुनर्स्थापना हुने प्रचण्डको भनाई छ।

पहिला पनि संसद विघटन विरुद्ध लडेको उल्लेख गर्दै प्रचण्डले आफूहरु अहिले पनि जिउँदै रहेको बताए। प्रचण्डले भने,”अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो ।ओलीले ५ पुसमा पनि संसद विघटन गरे, हामीले लडेर संसद फिर्ता ल्यायौँ, त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिएँ”

पहिलो पटक संसद विघटन हुँदा नेपाली कांग्रेस खुलेर विरोधमा नआएपनि अहिले कांग्रेसले सबै कुरा बुझिसकेको र पूर्ण रुपमा संसद विघटनको विपक्षमा रहेका कारण संसद विघटन फिर्ता हुने प्रचण्डको दावी छ।

“पहिलोपटक चाहिँ नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थिएँ, अहिले त कांग्रेस पनि यो प्रतिगमन नै हो भन्नेमा छन् । जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै छौँ। जनमोर्चा पनि साथमा छौँ”,प्रचण्डले भने।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७८१६:२८

निशेषाज्ञा एकैचोटी नखुल्ने, खुलेपनि यी क्षेत्र बन्द हुने !