फेरी चम्किए नेयमार, विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै !

काठमाडौँ – विश्वकप छनोटमा ब्राजिलले दक्षिण अमेरिकी देश पाराग्वेलाई पराजित गरेको छ । बुधबार बिहान पाराग्वेमा भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई २-० गोल अन्तरले पराजित गर्यो।

ब्राजिलको जितमा सुपरस्टार फरवार्ड नेयमारले महात्वपूर्ण भूमिका निभाए। दुवै गोलमा नेयमारको भूमिका रह्यो। उनले एक गोल सँगै एक असिस्ट पनि दिए।

नेयमारले खेलको चौथो मिनेटमै ब्राजिललाई अग्रता दिलाएका थिए। नेयमार गाब्रियल जेससको पासमा गोल गर्न सफल भएका हुन्। त्यस पछि थप गोल गर्न नसकेको ब्राजिलको तर्फबाट सब्सिच्युट लुकास पाक्वेटाले अन्तिम समयमा गोल गरे। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नेयमारको पासमा लुकास पाक्वेटाले गोल गरेका थिए।

बुधबारको गोलसँगै ब्राजिलका लागि नेयमारको गोल सङ्ख्या ६५ पुगेको छ। ब्राजिलबाट १०४ क्याप जिते उनी पेलेलाई पछ्याइरहेका छन्। ७७ अन्तर्राष्ट्रिय गोल सहित पेले ब्राजिलको शिर्ष गोलकर्ता रहेका छन्।

विश्वकप छनोटमा अपारजित ब्राजिल

सन् २०२० मा हुने फिफा विश्वकपका लागि भइरहेको विश्वकप छनोटमा खेलहरुमा ब्राजिल लगातार सफल भइरहेको छ। जारी छनोटमा ब्राजिलले कुनै पनि खेल हारेको छैन। दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलले शतप्रतिशत जित निकालेको छ।

यस अगाडी ब्राजिलले बोलिभिया, पेरु, भेनेजुएला, उरुग्वे र इक्वेडरलाई पराजित गरिसकेको छ। कोलम्विया र अर्जेन्टिनासँग भने ब्राजिलले खेल्न बाँकी छ।

प्रकाशित : बुधबार, जेठ २६, २०७८०९:३५

हिजो बढेको सुनको मूल्य आज पनि बढ्यो ! कति ?