ओली, माधव नेपाल र झलनाथ खनाल मुल जड रहेको योगेश भट्टराईको निष्कर्ष ! यसो भने …

काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेताहरु नै एकताको बाधक रहेको बताएका छन्। बुधबार बिहान सामाजिक संजाल मार्फत भट्टराईले पार्टीका शिर्ष नेता नै एकताको बाधक बनेको बताएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनालकै कारण पार्टीमा एकता कायम हुन नसकेको भट्टराईको संकेत छ।

अध्यक्ष केपी शर्मा ओली पार्टीका बरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर राजेन्द्र महत्तोसँग सत्ता साझेदारी गर्न तयार हुने तथा बरिष्ठ नेताहरू नेपाल र खनाल ओलीसँग नमिल्ने तर शेरबहादुर देउवा र प्रचण्डसँग मिल्न तयार भएका कारण पार्टी भित्रको विवाद मिल्न नसकेको भट्टराईले स्पष्टसंग सामाजिक संजालमा उल्लेख गरेका छन्।

यस्तो छ भट्टराईको भनाई

एमालेको एकताको मुल जड?

कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।

कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।

कसले, किन र के का लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिँ छ। यस विषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत् एमालेको एकता बचाउन जरुरी छ।

प्रकाशित : बुधबार, जेठ २६, २०७८१२:१८

आगलागीमा घाइतेको उपचारका क्रममा मृत्यु