रियल र बार्सिलोनालाई हालाण्डको झड्का, म्यानचेस्टर सिटि र युनाइटेडको सपना पनि चकनाचुर !

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमण्डका स्टार फुटबलर एर्लिङ ब्राउट हालाण्ड युरोपका ठूला-ठूला क्लबको प्राथमिकतामा रहेका खेलाडी हुन्। उनी माथि युरोपका सबै ठूला कहलिएका क्लबहरुको नजर छ।

उनी माथि स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोना दुवैले नजर लगाएको अवस्था छ। त्यति मात्र नभई उनी इंगलिस प्रिमियर लिग क्लबहरुको पनि नजरमा छन्। हालाण्डलाई भित्र्याउन चाहने इंगलिस क्लबमा चेल्सी, म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाइटेड लगायत छन्।

पछिल्लो केहि समय देखि चलिरहेको चर्चालाई मान्ने हो भने हालाण्ड चेल्सी जाने बढी सम्भावना छ। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार हालाण्डलाई चेल्सीमा देख्न पाइने सम्भावना बढी छ।

जसरी पनि हालाण्ड भित्र्याउने प्रयासमा चेल्सी

युरोपका सबै जसो ठूला क्लबले प्राथमिकतामा राखेको अवस्थामा हालाण्डलाई भित्र्याउन कुनै पनि क्लबलाई सहज हुने देखिँदैन। डर्टमण्डले हालाण्डलाई १ सय मिलियन युरो भन्दा बढी रकम पाए मात्र बिक्रि गर्ने रणनीति बनाएको छ।

यस्तोमा हालाण्डलाई जसरी पनि भित्र्याउने प्रयासमा चेल्सी जुटेको छ। खबरका अनुसार हालाण्डलाई जसरी पनि यहि ट्रान्सफर विन्डोमा भित्र्याउने प्रयासमा लागिरहेको छ।

कुरेर भएपनि चल्सी नै जाने मुडमा हालाण्ड

अन्तराष्ट्रिय संचार माधम टेलिग्राफका अनुसार हालाण्डले चल्सी जाने निर्णय गरिसकेका छन्। एक वर्ष कुरेर भएपनि चेल्सी नै जाने उनको योजना रहेको टेलिग्राफले आफ्नो समाचारमा उल्लेख गरेको छ।

डर्टमण्डले ठूलो रकम डिमाण्ड गरेर यसै ट्रान्सफर विन्डोमा चेल्सी जान सम्भव नभएको अवस्थामा एक सिजन कुरेर भएपनि चेल्सी जाने हालाण्डको योजना रहेको टेलिग्राफले जनाएको छ।

प्रकाशित : बिहिबार, जेठ २७, २०७८१०:२४

आजबाट युरोकप शुरु, नेपाली समय अनुसार कुन खेल कहिले ? [समय सहित]