कोपा अमेरिका कपका लागि ब्राजिलको टोली घोषणा ! को-को परे ? [सूची सहित]

एजेन्सी – भेट्रान तथा अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेट्दै घरेलु मैदानमा यसैसातादेखि आयोजना हुने कोपा अमेरिका कपको लागि ब्राजिल फुटबल कन्फेडेरेसन (सिबिएफ) ले ब्राजिलको टोली घोषणा गरेको छ ।

सिबिएफ र टोलीका मुख्य प्रशिक्षक टिटेले भेट्रान सेन्टरब्याक थियागो सिल्भालाई समेट्दै २४ सदस्यीय टोली घोषणा गरेका हुन् । इंग्लिस क्लब चेल्सीलाई च्याम्पियन्स लिग जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका ३६ वर्षीय सिल्भाले चोटका कारण इक्वेडर र पाराग्वेविरुद्ध जित हात पारेको विश्वकप छनोटको खेल गुमाएका थिए ।

२९ मेमा भएको च्याम्पियन्स लिगको फाइनलमा उनलाई चोट लागेको थियो । प्रशिक्षक टिटेको उनको चोटको अवस्थालाई मध्यनजर गर्दै अन्तिम समयमा टोलीमा समेटेका हुन्।

टिटेको टोलीमा बार्सिलोनाका राइट ब्याक इमर्सन, एट्लेटिको म्याड्रिडका सेन्टरब्याक फिलिपेलाई टोलीमा समेट्दा साओपाउलोका भेट्रान डिफेन्डर ड्यानी आल्भेस र बेन्फिकाका डिफेन्डर लुकास भेरिससिमोले चोटका कारण टोलीमा स्थान बनाउन सकेनन् । टिटेको टोलीमा क्लब फुटबलमा प्रभाव जमाइरहेका नेयमार, एसिलन बेकर र क्यासमिरोले स्वभाविक रुपमा टोलीमा स्थान बनाएका छन् ।

कोलम्बिया र अर्जेन्टिनामा कोपा अमेरिका नहुने भएपछि अन्तिम समयमा कोन्मेबलले ब्राजिललाई प्रतियोगिता आयोजनाको जिम्मेवारी सुम्पेको थियो । ब्राजिलको टोलीले पनि कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा कोपा आयोजना गर्न नहुने भन्दै असन्तुष्टी जनाएपनि अन्तिम समयमा खेल्ने निर्णय गरेको छ ।
कोपा अमेरिका कप १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुनेछ । ब्राजिलले १३ जुनमा भेनेजुएलासँग खेल्दै कोपा अमेरिका कपको सुरुवात गर्नेछ ।

ब्राजिलको पुर्ण टोली

गोलरक्षक – एलिसन बेकर (लिभरपुल), इडर्सन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (पाल्मेइरस)

डिफेन्डर – एलेक्स सान्ड्रो (युभेन्ट्स), डानिलो (युभेन्ट्स), इमर्सन रोयल (बार्सिलोना), रेनान लोडी (एट्लेटिको म्याड्रिड), इडर मिलिसाटो (रियल म्याड्रिड), फिलिपे (एट्लेटिको म्याड्रिड), मार्किन्हस (पीएसजी), थियागो सिल्भा (चेल्सी)

मिडफिल्डर – क्यासमिरो (रियल म्याड्रिड), डगलस लुइज (एस्टन भिल्ला), एभर्टन रिबेरो (फ्लामेङ्गोे), फाविन्हो (लिभरपुल), फ्रेड (म्यानचेस्टर युनाइटेड), लुकास पाक्वेटा (लियोन)

फरवार्ड – एभर्टन (बेन्फिका), गाव्रियल बार्बोसा (फ्लामेङ्गोे), गाब्रियल जेजस (म्यानचेस्टर सिटी), नेयमार (पीएसजी), रिचार्लीसन (एभर्टन), रोबर्टो फिर्मिनो (लिभरपुल), भिनिसियस जुनियर (रियल म्याड्रिड)

प्रकाशित : बिहिबार, जेठ २७, २०७८१२:३२

मन्त्रिपरिषद विस्तार: बादलपत्नीलाई सञ्चार मन्त्रालय, माधव क्याम्प छाडेका नेतालाई सामान्य प्रशासन !