पोषक तत्वले भरपुर स्वादिष्ट काक्रो , थाहा पाउनुहोस् कति छ लाभदायक !

काक्रोलाई पानीको पर्यायवाची पनि भन्न सकिन्छ।  शरीरमा पानीको कमी हुँदा प्रशस्त मात्रामा काक्रोको सेवन गर्नुपर्छ । काक्रोमा लगभग ९० प्रतिशत पानी हुन्छ। शरीरमा पानीको कमी हुँदा काक्रोलाई सलादको रुपमा खाने सल्लाह दिईन्छ। यसको सेवनले शरीरमा पर्याप्त मात्रामा पानी मिल्छ र छालामा चमक पनि आउँछ।  साथै सबै ठाउँमा काक्रो सलादको रुपमा  सेवन हुन्छ। यसमा रहेका पोषक तत्त्वहरू शरीरका लागि उत्तम हुन्छन्।

थाहा पाउनुहोस् गर्मीमा काक्रोबाट हुने फाईदाको बारे :-

१. काक्रोमा पोषक तत्वको रुपमा भिटामिन सी , भिटामिन के, पोटाशियम ,  म्यांगनीज,म्याग्नीशियम र कपर  हुन्छ।

२.यसको सेवनले शरीरमा शीतलता महसुस हुन्छ।  साथै पानीको मात्रा बढ्छ। यति मात्र नभई यसले पिसाबमा हुने जलन पनि कम गर्छ र आराम दिलाउँछ ।

३.काक्रोमा रहेको फाईबरले पाचनको समस्याबाट पनि राहत मिल्छ। साथै ग्यास्ट्रिक र कब्जियतबाट पनि राहत पाउनुको साथै  पेट सम्बन्धित समस्याबाट पनि आराम मिल्छ।

४.काक्रो खानाले मोटोपनाबाट पनि राहत पाउनुको साथै यसमा रहेको क्यालोरीको सेवनले वजन घट्छ।

५. यसले छालालाई चमकदार बनाउन मदत्त गर्छ। ड्राई सकिन हुने मानिसको लागि यो धेरै लाभदायक हुन्छ।

प्रकाशित : बिहिबार, जेठ २७, २०७८२०:४६

कोरोना सङ्क्रमितमा तनावको समस्या !