गाविस अध्यक्ष देखि मन्त्री सम्म !

काठमाडौँ – साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त मन्त्री पहाडी विसं। २०७४ को निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसअघि उनी  विसं। २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित भएका थिए ।

पार्टीमा उनी  विसं। २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । विसं। २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ)बाट राजनीति शुरु गर्नुभएका उनी विसं। २०४८ मा नेकपा (एमाले) को सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको संयोजक समेत भए । विसं। २०६५ मा जिल्ला कमिटी सचिव र विसं। २०६६ मा जिल्ला संयोजक भएका थिए ।

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी  दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिको सदस्य भएका थिए । यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा गणेश सिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

प्रकाशित : बिहिबार, जेठ २७, २०७८१९:५१

कोरोना बिरामीले उपचारदेखि खानासम्म निःशुल्क पाउने ! के-के पाउँछन् निःशुल्क ?