बढ्यो सुनको मूल्य, जेठ २१ गते यताकै महँगो !

काठमाडौँ – लगातार घटबढ भइरहेको सुनको मूल्य आज सामान्य रुपले बढेको छ। बिहिबार घटेको सुनको मूल्य आज शुक्रबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य ६ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार ५ सय कायम भएको छ।

तेजाबी सुनको मूल्य पनि आज ६ सय रुपैंयाँले नै बढेको छ। बिहिबार ३ सय रुपैंयाँले घटेको तेजाबी सुनको मूल्य आज ६ सय रुपैंयाँले बढेर ९४ हजार रुपैंयाँमा कारोबार भइरहेको छ। शुक्रबार कायम भएको सुनको मूल्य जेठ २१ गते यताकै महँगो रहेको रहेको छ।

यस हप्ता सुनको मूल्य

यस हप्ता छापावाला सुन ९३ हजार ८ सय देखि ९४ हजार ५ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन ९३ हजार ३ सय देखि ९४ हजार रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य रु १५ ले बढेर १३ सय ७० कायम भएको छ।

प्रकाशित : शुक्रबार, जेठ २८, २०७८१२:१२

साताको शेयर बजार : पूँजीकरणको हिसाबले कुन कम्पनी अगाडी ?