भोलि जेठ २९ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिन शुभ फलदायी रहला। विचारमा शीघ्र परिवर्तन आउनुको कारण महत्त्वपूर्ण कार्यको अन्तिम निर्णय लिन सरल रहनेछैन। कामको सन्दर्भमा वा कुनै विशिष्ट कारण यात्राको योग छ। लेखन कार्यको लागि शुभ दिन छ। बौद्धिक एवम् तार्किक विचार विनिमय हुन सक्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मन स्थिरता बनाई राख्नुहोला। कुनै महत्त्वपूर्ण अवसर गुमाउन सक्नुहुनेछ। सम्झौता गर्ने वृत्ति राख्नुहुनेछ। छोटो यात्रा टाल्नुहोला। लेखक, कलाकार एवम्  सलाहकारको लागि अनुकुल दिन छ।  कुनै नयाँ कामको प्रारम्भ नगर्नुहोला।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन आर्थिक दृष्टिकोणले लाभदायी छ। दिन स्वादिष्ट वा उत्तम भोजन, सुन्दर कपडा एवम्  परिवारसँग मानसिक दृष्टिले अत्यन्त आनन्ददायी हुनेछ। स्वास्थ्य राम्रो रहला। उपहार मिल्नाले मन आन्दित रहला। निषेधात्मक विचारलाई मनमा आउन नदिनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनःस्थितिको कारण कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला। आफन्तसँग  मनमुटावको प्रसंग हुन सक्छ। पारिवारिक कार्यमा खर्च होला। बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। मानहानि एवम् धनहानिबाट बच्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दिन लाभदायी छ। मित्र एवम् स्त्री मित्रबाट लाभ होला। कुनै सुन्दर स्थलमा घुम्न जानुहुनेछ। अनिर्णायक्ताको कारण हातमा आएको अवसरजान सक्छ। जसकारण महत्त्वपूर्ण निर्णयलाई टाल्नुहोला। अधिकतर समय विचारमा  व्यस्त रहनुहुनेछ। व्यापार एवम् आर्थिक लाभको योग छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन शुभ फलदायी छ। नयाँ कामको आयोजन सम्पन्न हुनेछ। व्यापारीवर्ग एवम् आफन्तसँग शुभ समय बिताउनु हुनेछ। व्यापारमा लाभ एवम् पेसामा पदोन्नतिको योग छ। पिताबाट लाभ होला। परिवारमा आनन्दको वातावरण बनिरहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

व्यवसायिक क्षेत्रमा लाभ होला। पेसा वा व्यवसायमा सहकर्मीको पूर्ण सहयोग मिल्नेछैन। लामो यात्रा  वा कुनै धार्मिक स्थलमा जाने अवसर प्राप्त होला लेखनकार्य एवम् बौद्धिक क्षेत्रमा सक्रिय रहनुहुनेछ। विदेशबाट मित्र वा आफन्तको समाचार मिलनले आनन्द अनुभव होला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दिन शान्तिपूर्वक वा सावधानीपूर्वक बिताउनुहोला। नयाँ काममा असफलता प्राप्त हुने योग छ। त्यसैले कुनै नयाँ काम प्रारम्भ नगर्नुहोला। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। खर्च पनि बढ्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन आनन्दपुर्वक बिताउनु हुनेछ। मनोरंजनको प्रसंगले मन प्रफुल्लित रहनेछ। विपरीत लिंगीय व्यक्तिको सहवासको आनन्द लिनुहुनेछ। लेखनकार्यको लागि दिन निकै अनुकुल छ। साझेदारीबाट लाभ होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापारमा विकासको लागि दिन लाभकारी रहला। व्यावसायमा आयोजन अनुसार कार्य गर्न सक्नुहुनेछ। पैसाको लेनदेनमा सफलता मिल्नेछ। व्यापार सम्बन्धित कार्यमा बाधा उत्पन्न हुनेछ। स्वास्थ्य राम्रो रहला। घरमा सुख-शान्तिको वातावरण  बनिरहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बोलि तथा विचारमा  शीध्र परिवर्तन होला। बौद्दिक चर्चामा जोडिनुहुनेछ। लेखनकार्य तथा सिर्जनात्मक प्रवृत्तिको आनन्द लिनुहुनेछ। आकस्मिक खर्च होला।  स्वास्थ्य समस्या होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

उत्साह तथा स्फूर्तिमा कमी होला। परिवारसँग मतभेद तथा विवादमा नउत्रिनुहोला।  शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव होला। कुनै अप्रिय घटनाले मन खिन्न रहन सक्छ। पेसाको बारेमा चिन्ता रहनेछ।

प्रकाशित : शुक्रबार, जेठ २८, २०७८२०:२४

आज जेठ २९ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !