प्रधानमन्त्रीलाई ह-त्याको ध-म्की अभिव्यक्ति निन्दनीय: एमाले

नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको ह-त्या गर्न वाग्मती प्रदेश सभाका एक सदस्यले दिएको ध-म्कीलाई अत्यन्त गम्भीर रूपमा लिएको जनाएको छ ।

पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा कांगेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको ह-त्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि ह-त्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताउनुभएको छ ।

बैठकमा प्रदेशसभा सदस्य वैद्यले आफू प्रधानमन्त्री ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो । “उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानूनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : शनिबार, जेठ २९, २०७८११:५५

रुखबाट खसेर साजनको मृत्यु!