मेष (चु चे चो ला लि लु ले लो अ)
मनमा रहेको भय हटेर काम गर्ने हौसला बढ्ला । साताको बीचमा स्वास्थ्यसम्बन्धी समस्या परे पनि त्यसको निराकरण चाँडै नै हुनेछ । पढ्न र लेख्नतिर पहिलेभन्दा गति बढ्ला । रिस गर्नेहरू भने बढी नै छन् । त्यसलाई साम्य पार्न गणेशको आराधना गरिरहनुहोस् ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
पहिलेको तुलनामा साता धेरै नै राम्रो छ । मङ्गलबारसम्मका दिनहरू सफलताकारक छन् । अलिकति खर्च बढे पनि राम्रो काममा नै हुनाले खास पिरलो पर्ने छैन । शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ । प्राविधिक दक्षतासमेत हाललाई उत्कृष्ट रूपमा हुनेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
साताको सुरुमै मित्रहरूसँग भेटघाट हुनुको साथै केही गतिला काम हुनेछन् । आर्थिक स्थिति त्यति नराम्रो छैन । खर्च नघटे पनि आयको स्रोत बलियो हुनाले खास पिर मान्नुपर्ने छैन । व्यापारसम्बन्धी काममा भने सोचेकोजति प्रगति हुने देखिन्न।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
शनिबारको दिनमा खर्च बढी होला । आइतबारदेखि मङ्गलबारसम्म ठोस कामभन्दा मनोरञ्जनको कामले नै बढी समय लिनेछ । साथीहरू खर्च गराउनेखालका मात्रै छन् । विवाहसम्बन्धी कुरा पनि हाललाई अल्मलिन सक्छ । देवीको दर्शन गरिरहनुहोस् ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
मध्यमखालको साता छ । केही गतिला काम बन्नेछन् भने कुनै बन्न–बन्न लागेका काम पनि अल् ́नेछन् । व्यापारसम्बन्धी काममा बढी परिश्रम पर्ला । खर्च घट्नेतिर देखिन्न । प्राविधिक किसिमको काममा भने राम्रै प्रगति हुनेछ ।
कन्या (टो पा पी पू ष ण ठ पे पो) मनमा डर त लागिरहला तर त्यसले खास बिगार गर्ने छैन । पहिले भएको निराशा क्रमशः घटेर जाला । व्यापार र व्यवसायमा आंशिक भए पनि प्रगति नै हुनेछ । मित्रहरूबाट भने त्यति ठूलो सहयोग पाइने छैन । प्रेमको क्षेत्रमा समेत हाल सफलता देखिन्न।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नतिर मनको प्रवृित्त जाला त गरेका काम बन्ने पनि छन् । आयको स्रोत बलियो भएर आएको छ । मित्रहरूबाट राम्रै सहयोग पाउनुहोला । महिला मित्रहरूले तपाईंको प्रगतिमा पूरा साथ दिनेछन् ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
सुरुको दिन त्यति राम्रो छैन । त्यसैले शनिबारको दिनमा ठूलो रकमको लेनदेन नगर्नुहोस् । आइतबारदेखि भने सामान्यखालको प्रगति हुनेछ । पढ्नुपर्ने काममा अनेकौँ बाधा तेर्सिनेछ । आफ्नोमात्र नभएर परिवारको स्वास्थ्यले समेत खर्च गराउला।
धनु (ये यो भा भी भू ध फा ढा भे)
बढी दौडधुप गर्नुपर्ला । परिश्रमअनुसारको फल मिल्न गाह्रो छ । आइतबारदेखि मङ्गलबारसम्मका दिनमा स्वास्थ्यमा समेत बाधा आउन सक्छ । त्यसलाई निराकरण गर्न सूर्य र गणेशको आराधना गरिरहनुहोस् । शिक्षाको क्षेत्रमा सामान्यमात्र प्रगति छ।
मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
यो साताका अधिकांश दिनहरू तपाईंका लागि प्रेरक छन् । विरोध गर्नेहरू भए पनि त्यसलाई परास्त गर्न सक्नुहुनेछ । पढाइ, लेखाइतिर प्रगति नै गरिएला । अरूलाई प्रभाव पार्न सक्ने शक्ति वाणिमा छ । साताका पछिल्ला दिन भने त्यति राम्रा देखिन्नन् ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
पहिलेको जस्तो जटिलता छैन । आएका बाधा र विरोधलाई सामना गर्न सक्नुहुनेछ । रिस गर्ने विरोधी भए पनि तिनीहरूसँग सामना गर्न सक्ने क्षमता आउनेछ । पारिवारिक सन्तोष भने त्यति देखिन्न । विवाह एवम् प्रेमसम्बन्धी कुरामा अड्चन आइरहला ।
मीन (दी दू झ ञ दे दो चा ची)
साता मध्यमखालको छ । मानप्रतिष्ठा बढ्लाजस्तो छैन । बरु रिस गर्नेहरू भने बढी नै रहनेछन् । व्यापार र हातले समातेको व्यवसायले मात्र तपाईंलाई साथ देला । पढाइ एवम् ज्ञान सिक्ने क्षेत्रमा अलिअलि मात्रै प्रगति हुनेछ । बङ्गलामुखीको आराधना गरिरहनुहोस्।
-दामोदरनाथ लोहनी
ज्योतिषाचार्य

