भोलि जेठ ३० गते आईतबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मन वैचारिक धरातलमा रहेर मानसिक निराशा अनुभव गर्नुहुनेछ। अपेक्षाकृत अधिक संवेदशीलता र भावनाबाट आनन्द अनुभव गर्नुहुन्छ। कसैसँग वाद-विवादमा नउत्रिनुहोला। आफन्तसँग मन दुःख हुनसक्छ। तपाईको मानभंग हुने प्रसंग बन्न सक्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आर्थिक आयोजन प्रारम्भमा केहि समस्या होला। मित्र-शुभेच्छकसँग भेट आनन्दमय होला। व्यावसायिक क्षेत्रमा सहकारपूर्ण वातावरण रहला। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला। पूंजी लगानी गर्ने व्यक्तिले सावधानी अपनाउनु पर्ने हुन्छ। नयाँ काम सुरु गर्न सक्नुहुन्छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिनको प्रारम्भ शारीरिक र मानसिक स्वस्थताका साथ होला। परिवार र मित्रसँग आनन्दपूर्वक समय बिताउनु हुनेछ। अधिक खर्च होला यस कुराको ध्यान राख्नुहोला। आर्थिक लाभ होला। सहकर्मचारीको सहयोग प्राप्त गर्न सक्नुहुन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको आम्दानीभन्दा पनि धेरै खर्च हुनेछ। आँखाको समस्याले निराश रहनुहुनेछ। मानसिक चिन्ता रहला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। मध्यान्नपछि तपाईको समस्यामा परिवर्तन आउनेछ। आर्थिक दृष्टिबाट लाभ मिल्नेछ। शारीरिक र मानसिक परिस्थितिमा सुधार होला। पारिवारिक वातावरण आनन्दमय रहला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मनमा रिसको भावना रहनाले मान्छेसँग सम्हालेर व्यवहार रहनुहोला। स्वास्थ्यको लागि शुभ दिन छ। मनमा निराशा रहला। परिवारसँग उग्रतापूर्ण व्यवहार हुन सक्छ। मध्यान्नपछि तपाईको मन स्वस्थ रहला। परिवारसँग खान-पानको प्रसंग होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

व्यवसाय र व्यापारको क्षेत्रमा लाभ होला। सामाजिक क्षेत्रमा प्रशंसा होला। परिवारमा आनन्दको वातावरण रहला। मध्यान्नपछि परिस्थितिमा  प्रतिकूलता देखिनेछ। तपाईको प्रफुल्लित मन अस्वस्थ हुनेछ। स्वास्थ्य मध्यम रहला। अनावश्यक झगडा नगर्नुहोला। ईश्वरको ध्यान र आध्यात्मिक विचारले मन शान्त रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक र मानसिक सुख राम्रो रहनेछ। व्यवसाय वा व्यापारमा उत्साहपूर्वक कार्य गर्नुहुनेछ। सरकारी कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। सामाजिक दृष्टिकोणले मान-सम्मान बढ्नेछ। परिवारमा सन्तान र श्रीमतीको तर्फबाट लाभ होला। मित्रसँग भएको भेट आनन्दमयी रहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विरोधि र प्रतिस्पर्धिसँग वाद-विवादमा नपर्नुहोला। व्यवसाय वा व्यापारमा अनुकुल परिस्थिति अनुकूल छैन। सन्तानसँग मतभेद होला। मध्यान्नपछि घर,कार्यालय वा व्यावसायिक स्थलमा उच्च कर्मचारीको व्यवहार नकारात्मक हुनेछ। घरायसी जीवनमा आनन्द बनिरहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सावधानीपूर्वक दिन बिताउनुहोला। शारीरिक र मानसिक अस्वस्थताबाट निराश रहनुहुनेछ। व्यावसायिक क्षेत्रमा उच्च कर्मचारीको रिस सहनुपर्ने हुन्छ। सन्तानको प्रश्नको विषयमा चिन्ताले सताउनेछ। महत्वपूर्ण कार्यको  निर्णय नलिनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

रुचिकर आफन्तसँग घुमफिर र खान-पानको प्रसंग उपस्थित  होला। मान-सम्मान मिल्न सक्छ। मध्यान्नपछि  शारीरिक र मानसिक स्वास्थ्य बिग्रनेछ। अधिक खर्च होला। परिवार र सहकर्मचारीसँग  मनदुखको प्रसंग बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्य-सफलता र प्रसिद्दि मिल्नेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला। सामाजिक रुपले मान-प्रतिष्ठा वृद्धि हुनेछ। मध्यान्नपछि मनोरंजनको कार्यक्रम बन्नेछ। मित्र र आफन्तसँग यसमा समावेश हुनुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन राम्रोसँग बित्नेछ। कलाको क्षेत्रमा अभिरुचि बढ्नेछ। मित्रसँग भएको भेटबाट आनन्द मिल्नेछ। विधार्थीको लागि शुभ समय छ। प्रियजनसँग भएको भेट आनन्ददायी छ। घरमा सुख-शान्तिको वातावरण बनिरहनेछ। मध्यान्नपछि आर्थिक लाभ होला। स्वभावमा अधिक क्रोध रहला।

प्रकाशित : शनिबार, जेठ २९, २०७८१९:४९

भोलि जेठ ३१ गते सोमबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल ?