पीएसजी र युभेन्टसको चेपुवामा बार्सिलोनालाई, ठूलो योजना असफल हुने सम्भावना !

एजेन्सी – बार्सिलोनाले डच फवार्ड मेम्फिस डिपेलाई अनुबन्धन गर्ने प्रयासलाई तिब्र बनाएको छ। गत सिजन देखि नै बार्सिलोना आउने भनेर चर्चा गरिएका डिपेसँग सम्झौता गार्ने प्रयासलाई बार्सिलोनाले तिब्र बनाएको हो।

केहि समय अगाडी मात्र बार्सिलोनाले डच टिममा अर्का खेलाडी जर्जिनियो विज्नाल्डमलाई भित्र्याउने प्रयास गरेको थियो। तर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)का कारण बार्सिलोनाको प्रयास असफल भएको थियो। पीएसजीले बार्सिलोना भन्दा बढी पारिश्रमिक दिएपछि जर्जिनियो विज्नाल्डम पीएसजीमा अनुबन्धित भएका थिए।

डिपेको हकमा पनि त्यस्तो नहोस् भन्नको लागि बार्सिलोना सतर्क देखिएको छ। डिपेलिई क्लबमा भित्र्याउने बार्सिलोनाले सम्भव सबै प्रयास गरिरहेको बताइन्छ।

क्लबका प्रशिक्षक रोनाल्ड कोम्यान र डिपे बीच राम्रो सम्बन्ध रहेका कारण पनि बार्सिलोना डिपेको पक्षमा ढुक्क भएको विभिन्न संचार माध्यमहरु बताउँछन्।

तर, डिपे माथि युरोपका अन्य क्लबहरुको पनि नजर परिसकेको छ। पछिल्लो खबरका अनुसार विज्नाल्डमलाई हाइज्याक गरेको पीएसजीले नै डिपेलाई पनि हाइज्याक गर्न सक्छ। डिपे फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा पीएसजीले डिपेमा चासो राखिरहेको छ।

त्यस्तै डिपे माथि सिरी ए क्लब युभेन्टसको पनि नजर परेको छ। इटालियन पत्रिकाहरुका अनुसार डिपेलाई अनुबन्धन गर्न युभेन्टसले पनि प्रयास गरिरहेको छ।

बार्सिलोनाले गत सिजनमै डिपेलाई क्लबमा भित्र्याउने प्रयास गरेको थियो। तर आर्थिक समस्यामा कारण बार्सिलोना असफल भएको थियो। फ्रेन्च क्लब लियोनसँगको सम्झौता यहि महिना सकिएसँगै डिपे फ्री ट्रान्सफरमा उपलब्ध हुनेछन्।

प्रकाशित : शनिबार, जेठ २९, २०७८१९:१९

खेल्दा-खेल्दै ढलेका एरिक्सनको के छ अवस्था ? यस्तो आयो पछिल्लो अपडेट !