कलाकारको बिहे प्राय चर्चामा नै रहन्छ। तर बिहेपछि समस्या भए उनीहरु अलग भएको खबर पनि चर्चामा रहन्छन्। श्रीमान-श्रीमतीको झगडा हुनु एक मामुली कुरा हुन सक्छ जुन सँगै बसेर समाधान गर्न सकिन्छ। तर उनीहरुको कुरा बाहिर पुगेपछि बाहिरी मान्छेले यसबारे बोल्ने मौका पाउँछन्। हालै एक मुद्दा बाहिरिएको छ। यस्तै मामिला हामी टीएमसी सांसद र बंगाली अभिनेत्री नुसरत जहानको बारेमा कुरा गछौं। आजको दिन उनले निखिल जैनसँगको विवाह तोड्ने चर्चामा आएको छ। दुबैले २०१९ मा टर्कीमा धुमधामसँग विवाह गरेका थिए तर अहिलेको खबर अनुसार यी दुई ६ महिनादेखि छुट्टिएर बसिरहेका छन्। निखिल जैन अनुसार नुसरत डिसेम्बर २०२० देखि आफ्नो आमाको घरमा छिन्।
योभन्दा पहिला टिभी अभिनेता करण मेहरा र निशा रावलको सम्बन्ध पनि यस्तै चर्चामा थियो। थुप्रै कलाकारको बिहेलाई लिएर उदाहरण बनेको छ। तर आज हामी तपाईलिई ति कलाकारको बारेमा बताउँछौँ जसको बिहे लामो समयसम्म टिकेन। कसैको ६ महिना त् कसैको ९ महिनामा बिहे टिक्यो।
मुकेश अग्रवाल र रेखा
बलिउडको सुन्दर अभिनेत्री अभिनेत्री रेखाको नाम त सुन्नु नै भएको होला। अहिले पनि यो कुरा गोप्य छ कि रेखा आफ्नो सिउँदोमा कसको सिन्दुर लगाउँछिन्। रेखाले १९९० मा बिजनेसम्यान मुकेश अग्रवालसँग बिहे गरेकी थिइन्। तर ६ महिनाभित्र नै उनको श्रीमानले आ’त्मह”त्या गरेका थिए।
मनीषा कोइराला र सम्राट दाहाल
मनीषा कोइरालाले २०१० मा नेपाली बिजनेसम्यान सम्राट दाहालसँग बिहे गरेकी थिइन्। तर बिहे भएको केहि महिनामा नै उनीहरु छुट्टिएर बसेका थिए। पछि २०१२ मा यी दुईले आपसी सहमतिमा डिभोर्स लिएका थिए।
पुलकित सम्राट र श्वेता रोहिरा
बलिउड अभिनेता पुलकित सम्राटले २०१४ मा आफ्नो प्रेमिका श्वेता रोहिरासँग बिहे गरेका थिए। यो बिहे ९ महिनामात्र टिकेको थियो। त्यसै समय पुलकितको नाम उनको को-स्टार यामी गौतमसँग जोडिएको थियो। पछि अहिले उनको नाम कृति खरबंदासँग जोडिन्छ।
सारा खान र अली मर्चेंट
टिभीको जोडी सारा खान र अली मर्चेंटको बिहे निकै छोटो समयसम्म टिकेको थियो। दुवैजना दुई महिना भित्र नै छुट्टिएका थिए। सारा र अली मर्चेंटको बिहेको यसकारण चर्चामा रह्यो किनकी यी दुईले विवादित रियलिटी शो बिग बोसमा बिहे गरेका थिए। खबर अनुसार यो एक पब्लिसिटी स्टन्टको लागि मात्र गरिएको थियो जसकारण यी दुईले ५० लाख पाएका थिए ।