५० कट्न लाग्दा पनि फिट छन् यी बलिउड अभिनेत्री, तस्विरमै हेर्नुहोस् !

हामी सामाजिक सञ्जाल मार्फत बलिउड अभिनेत्रीले आफ्नो फिटनेसमा  दिन्छन् भन्ने कुरा पत्ता  लगाउन सक्छौँ। आजका युवाहरूमा योगा  र व्यायामको बारेमा चेतना बढेको छ भने बलिउडका धेरै अभिनेत्रीहरू ५० वर्षको उमेरमा पनि फिट रहन्छन्। हालै ५८ वर्षीय पहिलेको जमानाको अभिनेत्री अनीता राजले जिममा पसिना बहाईरहेको भिडियो भाइरल भएको थियो। अनीता जस्तै इन्डस्ट्रीमा थुप्रै कलाकारको फिटनेस देखेर दर्शक अचम्ममा पर्छन्।

पूजा बेदी(५१)- अभिनेत्री कबीर बेदीको छोरी पूजा बेदी सामाजिक सञ्जालमा आफ्नो राय व्यक्ति गरिरहन्छिन्। उनी फिटनेस फ्रीक पनि हुन् र  यस उमेरमा पनि उनी निकै फिट छिन्।

नीना गुप्ता(६२)-अभिनेत्री नीना गुप्ता पनि फिटनेसको मामिलामा निकै अगाडी छिन्। उनी ६० काटेर पनि लगातार फिल्ममा काम गरिरहेकी छन्।  उनी सधैँ  रिफ्रेश मुडमा रहन्छिन्।

मन्दिरा बेदी(४९ )- मन्दिरा बेदी छिट्टै ५० वर्ष हुने लाग्दैछिन्। अभिनेत्री जसरी आफ्नो फिटनेसको ध्यान राख्छिन्। त्य्स्लैई देखेर दर्शक चकित हुन्छन्। उनी योगा र व्यायाम सधैँ गर्छिन्।

मलाइका अरोडा (४७)- आइटम नम्बर क्वीन मलाइका अरोडाको फिटनेसको बारेमा त कुरा गरेर सिमा नै छैन। उनी एक डान्सर पनि हुन्।  उनी सधैँ फिट रहनको लागि निकै मिहिनेत गर्छिन्। साथै योगा गर्छिन् र आफ्नो डाइटको बारेमा पनि निकै ध्यान राख्छिन्। साथै उनी फ्यान शारीरिक र मानसिक रुपले फिट रहनको लागि प्रेरित गर्छिन्।

टिस्का चोपडा(४७)- २००७ सालमा आमाको भूमिका निभाएर सबै मन जित्न सफल अभिनेत्री टिस्का चोपडाले थुप्रै प्रोजेक्ट्सको पनि भाग रहेकी छन्।  उनी ४७ वर्षको उमेरमा पनि जवान र आकर्षक देखिन्छिन्।

शिल्पा शेट्टी(४६)- आफ्नो अभिनयबाट सबैको मन जित्न सफल शिल्पा शेट्टी निकै फिट छिन्। अभिनेत्री डान्स गर्न निकै माहिर छिन् र आज पनि डान्स देखेर फ्यान छक्क पर्छन्।  शिल्पा शेट्टी फिटनेस फ्रीक पनि हुन् र यसको अन्दाज सामाजिक सञ्जालमा उनको पोस्टबाट पनि लगाउन सक्नुहुन्छ।

सुष्मिता सेन(४५)-अभिनेत्री सुष्मिता सेन अहिले फिल्मी दुनियाबाट टाढा रहेपनि फिटनेसलाई लिएर चर्चामा ररहन्छिन्। उनी सजिलै कठिन  योगा सरल तरिकाले गर्छिन्।

पूजा बत्रा(४४)- अभिनेत्री पूजा बत्रा सामाजिक सञ्जालमा चर्चामा रहन्छिन्। आफ्नो  बोल्ड फोटोले उनी फ्यानलाई घायल पारिसकेकी छन्।  अभिनेत्री अनुसार ठीक तरिकाले र नियमित रुपमा योगा गर्यौं  भने ४० वर्षको उमेरमा पनि २० वर्ष जस्तो देखिन्छौँ।

प्रकाशित : आइतबार, जेठ ३०, २०७८११:४८

यी बलिउड कलाकारले आफ्नो विवाह ९ महिना पनि टिकाउन सकेनन् !