हप्ताको पहिलो दिन नै घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – नेपाली हजारमा आज सुनको मूल्य घटेको छ। गत हप्ताको शुक्रबार बढेर जेठ गते यताकै महँगो भएको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य ६ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ९ सय कायम भएको छ।

तेजाबी सुनको मूल्य पनि आज ६ सय रुपैंयाँले नै घटेको छ। शुक्रबार ९४ हजार रुपैंयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६ सय रुपैंयाँले घटेर ९३ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

गत हप्ता सुनको मूल्य

गत हप्ता छापावाला सुन ९३ हजार ८ सय देखि ९४ हजार ५ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन ९३ हजार ३ सय देखि ९४ हजार रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा चाँदी १३ सय ७० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, जेठ ३०, २०७८११:२८

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह