एक हप्ता थप भयो निषेधाज्ञा, तर खुकुलो भयो ! के गर्न पाइन्छ, के-के खुल्छन् ? हेर्नुहोस् !

काठमाडौँ – उपत्यकामा पुनः एक साताका निषेधाज्ञा थप भएको छ। आइतबार बसेको उपत्यकाका तीन जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम घटीनसकेको निष्कर्ष निकालेको छ। संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञा केही खुकुलो बनाएर थप गर्ने बैठकको निर्णय छ।

औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु, सेवा खरिद वा लिनु पर्दा मात्र घर बाहिर निस्किन पाइनेछ भने हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरु अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्न एयरपोर्टसम्म जान पाउनेछन्।

थप गरिएको निषेधाज्ञामा अब तरकारी फलफूल खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु किराना पसल र डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र) बिहान ११ बजेसम्म खोल्न पाउनेछ। त्यस्तै पुस्तक पसल र प्रिन्टिङ प्रेस भने विहान ११ बेजसम्म सञ्चालन गर्न पाइने छ ।

अब छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटर, हार्डवेयर जस्ता विकास निर्माणजन्य सामाग्रीका पसलहरु दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिनेछ । त्यस्तै स्थानीय ढुवानी राति ९ बजेदेखि बिहान ११ बजेसम्म गर्न पाइने छ ।

आइतबार भएको निर्णय अनुसार अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। सवारी साधन मर्मताका लागि वर्कसपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ। हप्तामा २ दिन खुल्ने गरी सहकारी संस्था तथा रेमिटहरु आइतबार र बिहीबार सञ्चालन पाइनेछ।

प्रकाशित : आइतबार, जेठ ३०, २०७८१७:५७

असार ७ मध्यराति सम्म के गर्न मिल्छ, के गर्न मिल्दैन ?