एजेन्सी – युरोपेली च्याम्पियसिपमा इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ। आइतबार राति भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गर्दे विजयी शुरुवात गरेको हो।
क्रोएसियालाई दबावमा राखेपनि इंग्ल्याण्डले पहिलो हाफमा कुनै गोल गर्न सकेन। नवौं मिनेटमा काल्भिन फिलिप्सको भली प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिक बचाएका थिए। पहिलो हाफमा क्रोएसियाले खासै राम्रो आक्रमण गर्न सकेन।
दोस्रो हाफमा पनि इंग्ल्याण्डले दबाव कायमै राख्यो। घरेलु मैदान वेम्वली स्टेडियममा इंग्ल्यान्डले पहिलो सफलता ५७औं मिनेटमा पायो। खेलको एक मात्र गोल रहिम स्टर्लिङले गोल गरे। स्टर्लिङले ५७औं मिनेटमा काल्भिन फिलिप्सको पासलाई गोलमा परिणत गर्न सफल भए।
आइतबार जित हात पारेसँगै इंग्ल्याण्डले एक खराब रेकर्डलाई पूर्णविराम लगाएको छ। यस अगाडी इंग्ल्याण्डले युरो कपका हरेक पहिलो खेलमा पराजय भोग्दै आएको थियो। आइतबार उक्त रेकर्डमा पूर्णविराम लागेको छ।
इंग्ल्याण्डलाई यस वर्ष उपाधिको बलियो दावेदार मानिएको छ। समूह ‘डी’ मा रहेको उसले ३ अंक जोडेको छ। हारसँगै क्रोएसिया समूहको पुछारमा पुगेको छ। यसै समूहका चेक रिपब्लिक र स्कटल्यान्ड बीचको खेल आइतबार राति नै हुँदैछ।

