काठमाडौँ – जेठ महिनाको अन्तिम दिन आज सुनको मूल्य घटेको छ। हप्ताको पहिलो दिन घटेको सुनको मूल्य हप्ताको दोस्रो दिन अथवा जेठ महिनाको अन्तिम दिन आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य ७ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार २ सय कायम भएको छ।
तेजाबी सुनको मूल्य पनि आज ७ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैंयाँमा कारोबार भैरहेको छ।
सुन २८ दिन यताकै सस्तो
आज कायम भएको सुनको मूल्य २८ दिन यताकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य जेठ ३ गते यताकै सस्तो रहेको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु ५ ले घटेर १३ सय ६५ रुपैंयाँ कायम भएको छ।

