रक्तदान गर्नु आफ्नै स्वास्थ्यको लागि लाभदायी ,क्यान्सर-मोटोपनाको खतरा कम !

रक्तदान गर्नाले अरु मान्छेको ज्यान बच्ने मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि फाईदादायक हुन्छ।  तर पनि थुप्रै मान्छे रक्तदान गर्न हिच्चकिचाउछन्।  विशेषज्ञ अनुसार रक्तदान गर्दा मुटु स्वस्थ हुनुको साथै तौल नियन्त्रण हुन्छ। यसले रक्तदाताको शरीर र मन दुवैमा राम्रो प्रभाव पार्छ। त्यसैले यसप्रति मान्छेलाई जागरूक गर्नको लागि  हरेक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाईन्छ।

मुटु स्वस्थ – रगत दान गर्नाले मुटुको स्वास्थ हुन्छ र मुटु रोग र स्ट्रोक जस्ता जोखिम कम हुन्छ ।  रगतमा आईरन धेरै मात्रामा हुँदा मुटुमा खतरा हुन सक्छ। नियमित रूपमा रक्तदान गरेमा आईरन अत्यधिक मात्रामा नियन्त्रण हुन्छ जुन मुटुको स्वास्थ्यको लागि राम्रो हुन्छ ।


रातो रक्त कोशिका उत्पादन- रक्तदान गरेपछि तपाईको शरीर रगत पूरा गर्ने काममा मग्न हुन्छ। यसले शरीरको कोशिकालाई अधिक रातो रक्त कोषहरू उत्पादन गर्न प्रेरित गर्छ जसले तपाईको स्वास्थ्य सुधार गर्नुको साथै शरीरलाई उत्तम तरिकाले काम गर्न मदत्त गर्छ।

तौल नियन्त्रण- रक्तदान गर्नाले क्यालोरी बर्न हुन्छ जसकारण तौल घट्छ। रातो रक्त कोशिकाको स्तर केहि महिनामा नै  बराबर हुन्छ। यसैबीच  स्वस्थ आहार र नियमित व्यायाम वजबाट पनि तौल नियन्त्रण हुन मदत्त गर्छ। यद्यपि रक्तदानलाई तौल घटाउने उपाय भन्न सकिदैन। यो स्वास्थ्य स्वस्थ राख्ने माध्यम हो।

 

 

क्यान्सरको जोखिम कम  – नियमित केहि अन्तरालमा रक्तदान गर्नाले तपाई आफ्नो शरीरलाई अत्यधिक आईरनबाट बचाउन सक्नुहुन्छ।  यसले क्यान्सरको जोखिम पनि कम गर्दछ।

राम्रो स्वास्थ्य- नियमित रक्तदानले शरीरको कोशिकालाई प्रोत्साहित गर्छ जसकारण शरीर तन्दुरुस्त हुन्छ र रक्तचाप पनि नियन्त्रण गर्छ। साथै रक्तदान मार्फत राम्रो काम गर्ने सोचले पनि सन्तुष्टि पनि मिल्छ।

 

 

स्वास्थ्य जाँच – स्वास्थ्यलाई हुने यी लाभ बाहेक, रक्तदान प्रक्रियामा रक्तदान गर्नु अघि तपाईको रगत र  स्वास्थ्य पनि निःशुल्क जाँच गरिन्छ । रगत परीक्षण गरेर  हीमोग्लोबिनको स्तर पत्ता लगाईन्छ र रोग पनि जाँच हुन्छ। रगत परीक्षण गरेपछि व्यक्ति रक्तदान गर्न तयार छ कि छैन भनेर पत्ता लगाईन्छ।  त्यसैले नियमित रूपमा रक्तदान गरेर तपाई आफ्नो स्वास्थ्यको ध्यान राख्न सक्नुहुन्छ।

डाक्टर अनुसार १६ देखि ६० वर्ष उमेरका जो कोही व्यक्तिले पनि रक्तदान गर्न सक्छन् । तर उनीहरु स्वस्थ हुनुपर्छ र उनीहरुले केही मापदण्ड पूरा गर्नुपर्छ। यदि तपाईलाई कुनै रोग छ वा कुनै औषधि लिईरहनु भएको छ भने, तपाईले रक्तदान गर्नु अघि आफ्नो चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ र रक्तदान परीक्षणको बेला पूर्ण जानकारी दिनुपर्छ। हीमोग्लोबिनको स्तर सही छ र भने महिलाले पनि रक्तदान गर्न सक्छन्।  तर महिलाले महिनावारी, गर्भावस्था र स्तनपान जस्ता स्थितिमा रक्तदान गर्नु हुदैन।

सावधानीपुर्वक गरिएको रक्तदान पुरै तरिकाले सुरक्षित हुन्छ र तपाईले  खाँचोमा परेकालाई दिन सक्ने सबैभन्दा राम्रो उपहार हुन सक्छ। साथै  रगतलाई प्लाज्मा, प्लेटलेट र रातो रक्त कोष जस्ता कम्पोनेन्टमा विभाजित गर्न सकिन्छ।

प्रकाशित : सोमबार, जेठ ३१, २०७८१७:३६

पानीको मात्रा शरीरमा कमी भए खानुहोस् यी ८ फलफुल !