ग्रहहरुका राजा सूर्य ग्रह आज साँझ ६ बजेर १३ मिनेटबाट वृष राशिको यात्रा सकेर मिथुन राशिमा प्रवेश गर्नेछ। जसको कारण एक महिनासम्म बनेको राहुसँगको सूर्यको मिलन पनि समाप्त हुनेछ। सूर्य यस राशिमा १६ जुलाई सम्म अवस्थित रहनेछ। मिथुन राशिमा पहिले नै शुक्र ग्रह विराजमान छ। त्यसैले, सूर्यको आगमनले मिथुन राशिमा सूर्य र शुक्रको संयोजन हुनेछ। जसको कारण हरेक राशिमा शुभ-अशुभ प्रभाव पर्नेछ…..
मेष राशि
तपाईंको लागि यो समय वरदान साबित हुनेछ। तपाईंको साहस तथा पराक्रममा वृद्धि हुनेछ। तपाईंले गरेको काम तथा निर्णयको सराहना गरिनेछ। कुनै नयाँ कार्य तथा व्यापार सुरु गर्न चाहनुहुन्छ भने यो समय अत्यन्त शुभ रहनेछ। कार्यक्षेत्रमा पदोन्नती प्राप्ति हुनुका साथै मान-सम्मानमा वृद्धि हुनेछ। भाइहरु बीच मदभेद पैदा हुन नदिनुहोस्।
वृष राशि
सूर्यको गोचरले तपाईलाई मिश्रित परिणाम दिनेछ। कुनै क्षेत्रमा यसको प्रभाव निकै उत्कृष्ट रहनेछ तर यसका साथै मानसिक तनाब तथा कलह पनि निम्त्याउनेछ। स्वास्थ्यको बारेमा विशेष ख्याल राख्नुपर्नेछ। विशेषगरी आँखा सम्बन्धि समस्याले तपाईंलाई सताउन सक्छ। परिवारमा नकारात्मक वातावरण सिर्जना हुनसक्छ, सजग रहनुहोस्। घर जग्गा सम्बन्धी सम्बन्धित समस्याको समाधान हुनेछ।
मिथुन राशि
रचनात्मक कार्यमा तपाईंले सफलता प्राप्त गर्न सक्नुहुनेछ। सूर्यको गोचरको प्रभावले तपाईंलाई निकै उत्साही बनाउनेछ। सामाजिक क्षेत्रमा तपाईंको पद-प्रतिष्ठा बढ्नेछ। शारीरिक स्वास्थ्यको बारेमा सावधान रहन आवश्यक रहेको छ। रोजगारको दिशामा गरेको हरेक प्रयास सफल हुनेछ। शिक्षा क्षेत्रका मानिसले पनि सफलता प्राप्त गर्नेछन्। सन्तानप्रतिको जिम्मेवारी पूरा हुनेछ।
कर्कट राशि
सूर्यले राशि परिवर्तन गर्दा यस राशिका मानिसमा यसको प्रभाव शुभ नरहला। कार्यक्षेत्रमा अधिक भागदौडको सामना गर्नुपर्नेछ। पारिवारिक जिम्मेदारी बढ्नेछ। महँगो सामान किन्न सक्नुहुन्छ। अधिक धन खर्च हुनाले आर्थिक पक्ष कमजोर हुनसक्छ। अनावश्यक झै-झगडामा नपर्नुहोला। यो समयमा आर्थिक हानि हुने सम्भावना रहेको छ। कसैलाई ठूलो रकम ऋण नदिनुहोला, अन्यथा नोक्सान हुने सम्भावना रहन्छ।
सिंह राशि
राशिको लाभभावमा गोचर हुने सूर्य तपाईंको लागि वरदान भन्दा कम हुनेछैन। आयका साधन बढ्नेछ। साथै कसैलाई दिइएको पैसा फिर्ता आउनेछ। तपाईंको साहस तथा पराक्रममा वृद्धि हुनेछ। उच्च अधिकारीहरुसँग सम्बन्ध सुमधुर हुनेछ। परिवारका वरिष्ठ सदस्यहरू र ठूला भाइहरूसँग मतभेद उत्पन्न हुन नदिनुहोस्। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।
कन्या राशि
सरकारी रोजगारको लागि आवेदन दिनको लागि यो समय उत्तम रहनेछ। विदेशी कम्पनीहरूमा सेवा वा नागरिकताको लागि गरिएका प्रयासहरू पनि सफल हुने सम्भावना छ। आमा बुबाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्र परिवर्तन गर्न चाहनुहुन्छ भने पनि समय उत्तम रहनेछ। आफ्नो योजना गोप्य राखेर कार्य गर्दा सफल हुने सम्भावना उच्च रहन्छ।
तुला राशि
तुला राशिका मानिसको लागि यो समय शुभ रहनेछ। थुप्रै क्षेत्रबाट तपाईंले लाभ प्राप्त गर्न सक्नुहुनेछ। भाग्यवृद्धिको योग रहेको छ। कार्यक्षेत्रमा पदोन्नतीका साथ नयाँ रोजगार प्राप्त हुने पनि सम्भावना रहेको छ। विदेश भ्रमण गर्ने अवसर पनि मिल्न सक्छ। धर्म र कर्ममा तपाईंको संलग्नता बढ्नेछ। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो समय अनुकूल रहनेछ।
वृश्चिक राशि
राशिको आठौँ भावमा सूर्यको प्रभावले तपाईंलाई झन प्रभावकारी बनाउनेछ। स्वास्थ्य सम्बन्धि चिन्ता रहन सक्छ। सामाजिक पद प्रतिष्ठा बढ्नुका साथै व्यापारिक क्षेत्रमा राम्रो सफलता हात पर्न सक्छ। स्वास्थ्यको बारेमा अत्यन्त सावधान हुन आवश्यक छ। कार्यक्षेत्रमा पनि षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्।
धनु राशि
व्यापारको हिसाबले यो समय तपाईंको लागि अत्यन्त शुभ रहनेछ। यो समय दैनिक व्यापारिकहरूको लागि अधिक उपयोगी हुनेछ। विवाहसम्बन्धी वार्तालापमा केही ढिलाइ हुनेछ। दाम्पत्य जीवनमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। सरकारी क्षेत्रमा संलग्न रहेका मानिसले सफलता प्राप्त गर्नेछन्। यसका साथै थुप्रै आकर्षक अवसर प्राप्त हुनेछन्।
मकर राशि
सूर्यको गोचरले तपाईंलाई हरेक क्षेत्रमा सफलता दिलाउनेछ तर स्वास्थ्य क्षेत्रमा भने निकै सावधान हुन जरूरी छ। यो समयमा तपाईंको आर्थिक स्थिति कमजोर हुने सम्भावना रहेको छ। कसैलाई पैसा ऋण नदिनुहोस्, अन्यथा हानि हुने सम्भावना छ। सरकारी सेवाका लागि गरेको प्रयास सफल हुनेछ। आमाको माइती पक्षबाट शुभ समाचार प्राप्त हुनेछ।
कुम्भ राशि
राशिको पाचौं भावमा प्रवेश गर्ने सूर्य विद्यार्थी वर्गको लागि प्रतिकूल रहनेछ। आर्थिक प्रगति हुनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा उदासिनता आउनेछ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।
मीन राशि
सूर्यको गोचरको प्रभाव तपाईंको राशिमा मिश्रित रूपमा रहन्छ। कुनै न कुनै कारणले पारिवारिक कलह तथा मानसिक अशान्तिको सामना गर्नुपर्नेछ। साथीहरू र आफन्तहरूबाट नराम्रो समाचार प्राप्त हुने सम्भावना छ। सावधानीपूर्वक यात्रा गर्नुहोस्, तपाईंको सामान चोरी हुनसक्छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँगको सम्बन्ध बिग्रन नदिनुहोस्।