पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख १२ हजार २०२ पुगेको छ भने एन्टिजेन विधिबाट २२ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको छ।
थप ७ हजार ४४९ जनाको पिसिआर परीक्षण तथा ५ हजार ८४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ६८१ तथा एन्टिजेनबाट १ हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३२ लाख ३१ हजार ६१२ जना पुगेको छ । हालसम्म ५ लाख ४० हजार ४३९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ८८ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ४१ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ८ हजार ५०६ पुगेको छ।

