काठमाडौँ – असार महिनाको दोस्रो दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। महिनाको पहिलो दिन स्थिर रहेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य १ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार १ सय कायम भएको छ।
तेजाबी सुनको मूल्य पनि आज १ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैंयाँमा कारोबार भैरहेको छ।
सुन २८ दिन यताकै सस्तो
आज कायम भएको सुनको मूल्य २८ दिन यताकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य जेठ ३ गते यताकै सस्तो रहेको छ।
चाँदीको मूल्य
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु ५ ले बढेर १३ सय ६० रुपैंयाँ कायम भएको छ।

