हिन्दी सिनेमाको अभिनेता निर्मल पाण्डेले फिल्मदेखि टिभीको दुनियामा पनि नाम कमाएका छन्। नेशनल स्कुल अफ ड्रामाबाट निर्मलले तालिम हासिल गरेर अभिनयको सुरुवात गरेका थिए। अभिनेताको जन्म १० अगस्ट १९६२ मा उतराखण्डको नैनीतालमा भएको थियो। निर्मलले करिब २० वर्षसम्म फिल्ममा काम गरे। उनको मृत्यु १८ फेब्रुअरी २०१० मा ४८ वर्षको उमेरमा यस दुनियालाई भएको थियो। बलिउडको कमै अभिनेताले फ्रान्समा बेस्ट भ्यालेंटी अवार्ड हासिल गरेका छन्। निर्मल पाण्डेलाई अवार्ड जित्न सफल फिल्म ब्यांडिट क्वीनको भूमिका विक्रम मल्लाहको लागि याद गरिन्छ।
अल्मोडामा पढाईको क्रममा निर्मल पाण्डेले थिएटरमा जाने निर्णय लिएका थिए। यसैकारण अल्मोडाबाट दिल्ली आएर उनले नेशनल स्कुल अफ ड्रामामा भर्ना गरेका थिए। उनी त्यहाँ साथीहरु बीच चर्चित थिएटर आर्टिस्ट बनेका थिए। निर्मल सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार पाउने विश्वको पाहिलो अभिनेता हुन्।
त्यहाँ टप आर्टिस्टको दर्जा हासिल गरेपछि निर्मललाई लन्डनमा शूटिंगमा जानको लागि मौका मिलेको थियो। यो मौका निर्मलको करियरको उचाईमा पुर्याउन सफल साबित भएको थियो। उनले लन्डनमा तारा थिएटर ग्रुपसँग काम गर्दै चर्चित नाटक हीर रान्झा र एन्टीगोनमा काम गरेका थिए। यसबाहेक निर्मलले लन्डनमा करिब १२५ नाटकमा काम गरे।
लन्डनमा गरेको नाटकपछि निर्मललाई हिन्दी सिनेमाको प्रोड्यूर्सबाट फोन आउन थाल्यो। यसैबीच फिल्म ब्यांडिट क्वीनको लागि अभिनेताको खोजि भईरहेको थियो र शेखर कपूरले निर्मललाई फिल्ममा चोर विक्रम मल्लाहको भूमिका अफर भएको थियो। १९९६ मा आएको फिल्मले निर्मललाई बलिउडमा अभिनेताको रुपमा स्थापित गरेको थियो।
अमोल पालेकरद्वारा निर्देशित दायरा हिन्दी सिनेमाको सबैभन्दा चर्चित फिल्म मानिन्छ। निर्मलले फिल्ममा एक ट्रान्सजेंडरको भूमिका निभाएका थिए। यस फिल्मको अभिनयको लागि १९९७ मा निर्मललाई फ्रान्सको बेस्ट भ्यालेंटी अवार्डबाट सम्मानित गरिएको थियो। उनी १९९७ मा निर्मल चर्चित गीतकार कौसर मुनीरको मायामा डुबे। त्यसपछि यी दुईले बिहे गरे।
बिहेपछि उनीहरु बीच खटपट सुरु भयो र आपसी सहमतिमा अलग भएका थिए। कौसर मुनीरले २००१ मा नवीन पण्डितसँग बिहे गरे र निर्मलले २००५ मा अर्चना शर्मासँग दोस्रोपटक बिहे गरे। निर्मलले फिल्म ट्रेन टू पाकिस्तान, गड मदर सहित हिन्दी, अंग्रेजी बाहेक छुट्टाछुट्टै थुप्रै भाषामा दर्जन फिल्ममा काम गरेका छन्। निर्मललाई उनको भूमिका विक्रम मल्लाहको लागि चिनिन्छ।