एजेन्सी – फ्रान्सका मिडफील्डर पल पोग्बाले पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पछ्याएका छन्। केहि दिन अगाडी पत्रकार सम्मेलनमा टेबलमा राखिएको कोका कोलाको बोतल हटाएका रोनाल्डोलाई पछ्याउँदै पोग्बाले बीयरको बोतल हटाएका हुन्।
पोग्बा इस्लाम धर्म मान्छन्। आफ्नो धार्मिक आस्था अनुसार उनी मदिराजन्य कुनै पनि वस्तुको सेवन देखि टाढा रहन्छन् र टाढा रहन सुझाव पनि दिन्छन्। विभिन्न अवसरहरुले पोग्बाले त्यस्ता वस्तु देखि आफू टाढा राहने गरेको बताइसकेका छन्।
त्यसैकारणले पनि पोग्बाले पत्रकार सम्मेलनमा आफूअगाडिको टेबलमा राखिएको हाइनेकन बीयरको बोतल हटाएको बुझिएको छ। कोका कोलाको बोतल हटाएका रोनाल्डोलाई पोग्बाले पछ्याएको धेरैको भनाई छ।
कोकलाई ठूलो घाटा
रोनाल्डोको उक्त कदमपछि कोका कोलाले ठूलो घाटा बेहोरेको छ। रोनाल्डोका कारण कोकले आफ्नो शेयर भाउमा गिरावट आउँदा ४ बिलियन डलर घाटा बेहोर्नु परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
कोकको सेयर मुल्य ५६.१० बाट घटेर ५५.२ अमेरिकी डलरमा झरेको बताइएको छ। उक्त गिरावटको कारण कम्पनीको बजार भाउ २ सय ४२ मिलियन डलर बाट २ सय ३८ बिलियन डलरमा झरेको छ।

