देशका १४ जिल्लामा बढ्यो कोरोना संक्रमण दर, सतर्क रहन स्वास्थ्या मन्त्रालयको अनुरोध ! कुन-कुन जिल्ला ?[सूची सहित]

काठमाडौँ – देशका एक दर्जन भन्दा बढी जिल्लाहरुमा कोरोना संक्रमण दर वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका १४ जिल्लाहरुमा कोरोना भाइरस संक्रमणको दर वृद्धि भएको हो।

प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम पश्चिम र दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरा गरी १४ जिल्लामा कोरोना भाइरस संक्रमणको दर वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी जिल्लाहरुमा उच्च सतर्कता अपनाउन मन्त्रालयको अनुरोध छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले ४३ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० बढी रहेको जानकारी दिए।

कति थपिए कोरोना संक्रमित ?

बुधबार नेपालमा २ हजार ८ सय २८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६ सय ८७ पीसीआर परीक्षणका क्रममा २ हजार १४ र ४ हजार ३३५ एन्टीजेन परीक्षणका क्रममा ८१४ जनाका कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप पुष्टिसँगै कोरोना संक्रमितको संख्या ६ लाख ३७ हजार ४ सय ३३ पुगेको छ ।

गएको २४ घण्टामा थप ५२ जनाको निधन भएको छ। जससँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५५८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार ८२ जना निको भएका छन्। यससँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ।

प्रकाशित : बुधबार, असार ०२, २०७८१९:१४

चुरेका पहिरोपीडितको जङ्गलमा बास: सरकारले नागरिकसरह व्यवहार नगरेको गुनासो !