ह्वाइट आउटफिटमा जाह्नवी कपूरको स्टाइलिश लुक, तान्यो सबैको ध्यान ! [तस्विर सहित]

जाह्नवी कपूर बलिउडको चर्चित अभिनेत्री हुन्। उनले कमै फिल्ममा काम गरेको भएपनि उनको अभिनयलाई दर्शकले रुचाएका छन्।  उनी भूमिकाको कारण मात्र नभई आफ्नो स्टाइलको कारण पनि चर्चामा रहन्छिन्।

‘धडक ‘अभिनेत्री आफ्नो फेशन सेन्सको निकै ध्यान राख्छिन्। उनी रेड कार्पेट इभेन्ट, वर्कआउट सेशन वा क्याजुअल आउटिंग सबैको खुब ध्यान राख्छिन् । उनी जतापनि जान्छिन् त्यहाँको फोटो भाइरल हुन्छ।

 

जाह्नवी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। उनले हालै  हाउस अफ पिक्सल्ससँग आफ्नो फोटोशूट सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् जुनमा अभिनेत्री गार्डेनमा पोज दिईरहेकी छन्। उनले फोटोशूटको लागि अफ व्हाइट आउटफ‍िट चुनेकी छन्।

 

उनले  आफ्नो लुकलाई हल्का मेकअप र कपाल खुल्ला राखेर पूरा गरेकी छन्। जाह्नवीले फोटोको क्याप्शनमा लेखेकी छन् ,” र जो नाचिरहेका थिए र उनीहरुलाई संगीत नसुन्नेद्वारा बौलाहा ठानिए। ”

 

 

जाह्नवीको फ्यान र बलिउड कलाकारद्वारा उनको फोटोमा राम्रै प्रतिक्रिया मिलेको छ। कहिले उनलाई सुन्दर बताईरहेका छन् भने कोहिले आमा श्रीदेवीको कपी भनिरहेका छन्।

 

जाह्नवी कपूर केहि समय पहिले आफ्नो बिकिनी फोटोशुटको कारण चर्चामा आएकी थिइन्। जुन मालदीवमा उनले एक म्यागजिनको लागि गराएकी थिइन्।

जाह्नवी कपूरको प्रोजेक्ट्सको बारेमा  कुरा गर्ने हो भने उनको फिल्म ‘रूही’ रिलीज भएको थियो। छिट्टै जाह्नवी कपूर, एक्टर लक्ष्यसँग फिल्म ‘दोस्ताना २ ‘ मा काम गर्नेछिन्। यसबाहेक उनी फिल्म ‘गुड लक जेरी’ मा पनि काम गर्नेछिन्।

प्रकाशित : बिहिबार, असार ०३, २०७८२०:५५

‘लिटिल मास्टर’ की बिजेता तेरिया अहिले भईन यति जवान, हेर्नुहोस उनका आकर्षक १० तस्विर!