काठमाडौँ – असार महिनाको तेस्रो दिन पनि सुनको मूल्य घटेको छ। महिनाको पहिलो दिन स्थिर रही दोस्रो दिन सामना रुपमा घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य १ हजार १ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार कायम भएको छ।
तेजाबी सुनको मूल्य पनि आज १ हजार १ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भैरहेको छ।
यस आगाडी असार १ गते छापावाला सुन ९३ हजार २ सय र असार २ गते ९३ हजार १ सय रुपैंयाँ तथा तेजाबी सुन असार १ गते ९२ हजार ७ सय र असार २ गते ९२ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो।
सुन ३४ दिन यताकै सस्तो
आज कायम भएको सुनको मूल्य ३४ दिन यताकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य वैशाख ३१ गते यताकै सस्तो रहेको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु २० ले घटेर १३ सय ६० रुपैंयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

