एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले प्रतियोगिताको दोस्रो खेलमा पेरुको सामना गर्दैछ। खेल नेपाली समय अनुसार शुक्रबार बिहान ५ बजेर ४५ मिनेटमा हुनेछ।
शुक्रबार बिहान हुने खेल प्रतियोगितामा ब्राजिलको दोस्रो खेल हुनेछ भने पेरुको पहिलो। प्रतियोगिताको पहिलो खेलमा ब्राजिलले भेनेजुएलाको सामना गरेको थियो। उक्त खेलमा ब्राजिल विजयी भएको थियो।
ब्राजिलले भेनेजुएलाको पोस्टमा तीन गोल गरेको थियो। मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १-१ गोल गरेसँगै ब्राजिल सहज नतिजा तर्फ अगाडी बढेको थियो। ब्राजिल पहिलो खेलको जितसँगै समूह एको शिर्षस्थानमा छ।
कहाँ हेर्ने ?
ब्राजिल र पेरु बीचको खेल कुनै पनि नेपाली च्यानलमा उपलब्ध हुनेछैन। यधपी खेल भारतीय च्यानलहरुमा भने उपलब्ध हुनेछ। खेल सोनी टेन २ मा हेर्न सकिनेछ।
त्यस्तै शुक्रबार बिहान कोपा अमेरिकाको अर्को खेल पनि हुनेछ। ब्राजिल र पेरु बीचको खेल शुरु हुनु अगाडी २ बजेर ४५ मिनेटमा कोलोम्बिया र भेनेजुएला भिड्नेछन्।
समूह एको दोस्रो स्थानमा रहेको कोलम्वियाले यस अगाडी इक्वेडरलाई १–० ले पराजित गरेको थियो। भेनेजुएला भने ब्राजिलसंग पराजित भएको थियो। भेनेजुएला समूहको पुछारमा छ। यस खेल पनि भारतीय च्यानल सोनी स्पोर्ट्समा उपलब्ध हुनेछ।

